प्रतिनिधिसभाले आज नयाँ सभामुख पाउँदै, अग्निप्रसाद सापकोटा निर्विरोध घोषणा हुँदै

काठमाडाैं, १२ माघ । प्रतिनिधिसभाले आज नयाँ सभामुख पाउने भएको छ । आज अपराह्न ३ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अग्नि प्रसाद सापकोटा प्रतिनिधि सभाको सभामुखमा निर्विराेध घोषणा भए सँगै मुलुकले नयाँ सभामुख पाउने भएको हो । सभामुखका लागि सापकोटाको मात्रै एकल उम्मेदवारी परेकाले उहाँ नै निर्वाचित हुनुहुनेछ ।

सापकोटाको प्रस्तावकमा सुवास नेम्वाङ र समर्थकमा लक्ष्मणलाल कर्ण, ओनसरी घर्ती र देव गुरुङ थिए । सिन्धुपाल्चोक जिल्ला चौतारा ६ कुविण्डेमा २०१४ साल फागुन २४ गते जन्मनु भएका सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट पहिलो र दोस्रो संविधानसभा को निर्वाचनमा भारी मतान्तरले विजयी सापकोटा हुनुभएको थियो । २०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले दुई वर्ष जे’ल जीवन बिताउनु भएको थियो ।

२०५१ सालमा पार्टी केन्द्रीय सदस्य बन्नुभएका सापकोटा माओवादी र सरकारबीच भएको दोस्रो वार्ता टोलीका सदस्य समेत हुनुहुन्थ्यो । २०५२ सालबाट भूमिगत हुनुभएका सापकोटा माओवादी शान्तिप्रक्रियामा नआउँदा सम्म भूमिगत नै हुनुहुन्थ्यो। जनयु’द्धमा सिन्धुपा ल्चोककै अर्जुन लामाको अप’हरण पछि ‘हत्याको मु’द्दा खेप्दै आउनु भएको छ । हालसम्म सापकोटा वि’रुछ अदालतमा चार मु’द्दा विचाराधिन छ ।

सापकोटाले सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारी समेत समहालेको व्यक्ति हुनुहुन्छ । वि.सं २०१४ फागुन २४ गते सिन्धुपाल्चोक, कुभिण्डेमा जन्मिएका सापकोटाले त्रिभुवन विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन गरेका छन्। २०३५ सालमा नेकपा (चौथो महाधिवेशन) भन्ने पार्टीमा संलग्न हुँदै राजनीतिमा लागेका सापकोटा २०६४ चैतमा भएको पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।

वि.सं २०६८ सालमा उनले सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारी पनि सम्हाले । २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा पनि उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाटै संविधानसभामा निर्वाचित भए। तत्कालिन नेकपा (माओवादी)ले अपत्यारिलो हार ब्यव होरेको दोस्रो संविधानसभा निर्वाचनमा वाग्मती अञ्चलबाट उनीमात्र निर्वाचित भएका थिए । सापकोटाले २०७३ मा नेपाल सरकारको वन तथा भू–संरक्षण मन्त्रीको समेत जिम्मेवारी सम्हाले ।

प्रतिक्रिया दिनुहोस्