‘विप्लव’ समूहलाई सहयोग गर्ने जनप्रतिनिधिलाई पनि नछोड्नुहोस् : गृहमन्त्री

सुर्खेत : गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नकपा माओवादी प्रति नि’र्मम बन्न सुरक्षा अंगहरुलाई निर्देशन दिएका छन् । दुई दिन सम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्र नगरमा भएको सुरक्षा सम्मेलनमा १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको प्रस्तुति र सुरक्षा अंगका प्रमुखको भनाइ सुनेपछि गृहमन्त्री थापाले विप्लव समूहमाथि क’डा रूपमा प्रस्तुत हुन निर्देशन दिएका हुन्।

‘दैलेखमा गाउँपालिकाका अध्यक्षलाई अप’हरण गर्ने, सुर्खेतमा सुरक्षाकर्मी माथि गो’ली प्र’हार गर्ने समूहलाई त्यसै छोड्नु हुँदैन्,’ गृहमन्त्री थापाको भनाइ उद्धृत गर्दै एक सुरक्षा अधिकारीले भने, ‘वि’प्लव समूहका गतिविधि पूर्ण रूपमा नियन्त्रण गर्न सबै सु’रक्षा अंगले समन्वय गर्दै क’डा रूपमा प्रस्तुत हुनुहोस्।’ विप्लव समूहले पुस ७ गते दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीको अ’पहरण गरेको थियो भने त्यसको एक सातापछि पश्चिम सुर्खेतमा सुरक्षाकर्मी माथि गो ली प्र’हार गरेको थियो।

गोष्ठीमा कर्णालीका केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अंगका प्रमुखले विप्लव समूहलाई स्थानीय तहका जनप्रनिधिहरुकै संरक्षण रहेको बताएका थिए। उनले विप्लव समूहलाई सहयोग गर्नेलाई पनि कार’बाहीको दायरामा ल्याउन निर्देशन दिए। ‘राज्यले प्र’तिबन्ध लगाएको समूहलाई सहयोग गर्ने जनप्रतिनिधिलाई पनि नछोड्नुहोस्’ आफ्नो सम्बोधनका क्रममा गृहमन्त्री थापाले भनेको खबर आजको नागरिक दैनिकमा खबर छ ।

गृहमन्त्री थापाले विप्लव समूहका संविधान र कानुन विरोधी गतिविधिलाई प्रशासनिक तथा कानुनी विधिबाट नि’यन्त्रण गर्नुका साथै अनौपचारिक रूपमा वार्ता र छलफलको प्रयास पनि सरकारले गरि रहेको बताए । अप’राध मुक्त समाज निर्माणका लागि सरकारको ध्यान केन्द्रित रहेको बताउँदै गृहमन्त्री थापाले राजनीतिक, सामाजिक, आर्थिक, प्रशासनिक तथा अन्य जुनसुकै आवरणमा हुने अप’राध जन्य कार्य नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताए।

गृहमन्त्री थापाले संघ, प्रदेश र स्थानीय तहका सरकारले नागरिकका अपेक्षा र भावना बमोजिम सहयोगात्मक र समन्वयात्मक कार्य गर्नुपर्ने र यसमा जिल्ला स्थित सबै सुरक्षा निकाय र विषयगत कार्यालय बीच आपसी सहयोग र समन्वय जरुरी रहेको बताए । कार्य क्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रमुख जिल्ला अधिकारीले आफ्ना कार्य सम्पादन गर्ने क्रममा संघीय सरकारसँग मात्र नभएर प्रदेश सरकारसँग पनि सहयोग, समन्वय र सहकार्य गर्नुपर्ने बताए।

उनले कर्णालीको समग्र विकासका लागि प्रदेशअन्र्तगतका सबै सुरक्षा निकायले सकारात्मक सोचका साथ काम गर्नुपर्ने बताए। मुख्य मन्त्री शाहीले संघीय सरकारले प्रदेशमा दक्ष र सक्षम कर्मचारी पठाउनु पर्ने बताउँदै खटिएका कर्मचारीले बदलिँदो परिस्थिति अनुरुप काम गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्