ममाथि राजनीतिक हिं’सा भयो, नेकपाले ठूलो अवसर गुमायो : शिवमाया तुम्बाहाङ्फे

काठमाडौं: निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पार्टीले आफूलाई सभामुख नबनाएर ठूलो अवसर गुमाएको दाबी गरेकी छिन। नेपाल समाचारपत्रसँगको अन्तरवार्तामा उनले सो दाबी गरेकी हुन। उनले भनेकी छिन्, ‘पार्टीले जुन अवसर प्राप्त गरेको थियो, त्यो गुमायो । किन गुमायो त्यो पार्टीले जवाफ दिने कुरा हो । पार्टीलाई राम्रो अवसर प्राप्त भएको थियो ।

मुलुकको महत्त्वपूर्ण अङ्गमध्ये व्यवस्थापिकाको प्रतिनिधिसभाको सभामुख एक्जुकेटिभ पर्सन जान सक्थ्यो । महिला मैले कहिले पनि जोडेको छैन। क्षमताको विकास गरेर अघि बढ अनि काम गर। यो पद महिला भएको आधारमा मात्र पाउनुपर्छ भन्ने होइन। क्षमताको आधारमा पाउनुपर्छ । मलाई घाटा भएको छैन, घाटा पार्टीलाई भएको छ ।’

नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले आफूलाई सभामुख चयनमा बाधा बनेको आ’रोप लगाएकोमा पनि उनले दुःख व्यक्त गरेकी छिन् । उनले भनेकी छन्, ‘मैले स्पष्ट रुपमा भनेकी थिएँ , पार्टीले सभामुखको उम्मेदवारको टुङ्गो लगा ओस्, त्यसपछि म राजी नामा दिन्छु । तर, मलाई पार्टीकै जिम्मेवार नेताहरुले बाधक बनेको आ’रोप लगाए । बाधक भनेको मलाई अहिले पनि चिक्त बुझेको छैन ।

यो बाधक भन्ने शब्द मेरा लागि सुपाच्य होइन । मेरा लागि अप्ठ्यारो शब्द हो । यसले मेरो मन र भावनामा ठेस पुग्यो । मैले पार्टीका दुवै अध्यक्षलाई भनेको थिएँ, यो ममाथि भएको राजनीतिक हिंसा हो । यस हिंसाको बारेमा पार्टीभित्र छलफल हुनुपर्ने माग मैले गरेकी छु ।’ नेकपाले आफू माथि अन्याय गरेको बताउँदै उनले भनेकी छिन्, ‘नेकपाले ममाथि अन्यया गर्यो भन्ने नै हो ।

यस्तो अन्यायले मानिस स्वतः स्फूर्त ढङ्गले अघि बढ्ने कुरालाई असहज बनाइदिन्छ । मैले भ्र’ष्टाचार गरेँ कि ? यौ’नदुराचार गरे कि ? पद अनुसार आचरण गरिनँ कि ? भन्ने प्रश्नको कुनै जवाफ पार्टीले दिएन । सम्भवतः मेरो प्रश्नको उत्तर पार्टीले कहिले पनि दिन सक्दैन । किनकि मैले गल्ती नै गरेको छैन । अनुत्तरित हुँदाहुँदै म बाहिर निस्किएँ ।’

उपसभामुख बन्नुअघि पार्टीको साधारण सदस्य पनि नरहने गरी राजीनामा दिएकी थिएँ। त्यो पदमा पुगेपछि स्वतन्त्र ढंगले काम गर्नुपर्छ भन्ने मान्यता बोकेकी थिएँ। उप सभामुखको कुनै रोल नै हुँदैन, भूमिका नै हँुदैन भन्ने थियो। तर, मैले दुई वर्षमा कहिले त्यस्तो अनुभूति गरिनँ। केही न केही नयाँ काम गर्न सकिन्छ भन्ने थियो। संविधान नियम र कानुनभित्र बसेर हरेक गतिविधि गर्न सकिन्छ भनेर काम पनि गरें। मेरो भूमिका नै छैन भनेर बसेको भए केही पनि हुँदैनथ्यो।

उपसभामुख भएर पनि मैले केही काम गर्न सकें र अरूले पनि गर्न सक्नुपर्छ भन्ने अनुभूति हो। गरिमामय संसद्को आफ्नै महत्व छ। यसको आफ्नै अस्तित्व र क्षेत्राधिकार छ। तर,यो संसद्लाई स्वतन्त्र राख्न र आफ्नै ढंगले अघि बढाउन धेरै कठिन भयो। सभामुख नभएको अवस्था र मैले नै संसद्को अध्यक्षता गरेको अवस्थामा प्रतिनिधिसभालाई कसैको छाया पर्न दिनुहुन्न भन्ने अठोट लिएको थिएँ। त्यही अठोटका कारण ठूलो समस्या सिर्जना भयो।

प्रतिक्रिया दिनुहोस्