१० दिनमा अक्षय र करीनाको ‘गुड न्यूज’ले कमायो यति करोड

एजेन्सी : अक्षय कुमार र करीना कपूर स्टारर फिल्म ‘गुड न्यूज’ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ । फिल्मले १० औं दिनसम्म पनि उत्साह जनक व्यापार गरेको छ । हास्य विधामा निर्माण भएको यो फिल्ममा करीना र अक्षयसँग कियारा र दिलजीत दोसाँझको पनि शीर्ष भूमिका छ । फिल्मले दोस्रो विकेन्डको शुक्रवार ८ करोड १० लाख भारु कमाइ गरेको छ ।

उत्तर भारतमा पनि फिल्मले राम्रो व्यापार गरेको छ । दोस्रो विकेन्डको शनिवार ११ करोड ७० लाख र आइतवार १४ करोड ४० लाख कमाइ गरेको छ। यो फिल्मले १० दिनमा १ सय ६२ करोड भारू कमाइ गरेको भारतीय मिडियाले जनाएका छन। दोस्रो सप्ताह सम्म फिल्मले १ सय ७५ करोड भारु कमाइ गर्ने आँकलन गरिएको छ ।

फिल्मले २ सय करोड कमाउला त ? यसबारेमा पनि धेरैले चासो लिएका छन् । किनकि, आउँदो हप्तादेखि ‘छपाक’ र ‘तान्हाजी’ नाम दुई हिन्दी फिल्म पनि भारतमा रिलिज हुँदैछन् । यी दुई फिल्म रिलिज हुना साथ ‘गुड न्यूज’ले कम पर्दा पाउनेछ । यद्यपि फिल्मले २ सय करोड कमाइ गर्ने धेरैले अड्कल काटेका छन् ।

यो पनि, सडक बत्तीसँगै उपत्यकाको ट्राफिक व्यवस्थित बन्दै : तीनकुने बस्दै आएकी सरस्वती खड्कालाई केही समय पहिलेसम्म सडक पार गर्न कठिन थियो। छोराछोरीलाई विद्यालय पु¥याउन र लिन जाँदा सडक पार गर्न आधा घण्टासम्म कुर्नुपरेको उन्को अनुभव छ । सोही चोकमा ट्राफिक बत्ती जडान भएसँगै सडक वारपार गर्न सहज भएको उनले सुनाए ।

आफूमात्रै नभएर सन्तान समेत ‘डिस्प्ले’ मा हेरेर यति समय बाँकी छ भन्दै वारपार गर्न थालेको खड्काले बताए। उनले भने, “अहिले छोराछोरी मात्रै पठाउँदा पनि चिन्ता लाग्दैन।” काठमाडौँ उपत्यकाका व्यस्त सडकमा ट्राफिक बत्ती जडान भएसँगै खड्का जस्तै धेरै पैदलयात्रुलाई सडक पार गर्न सजिलो भएको छ । ‘जेब्राक्रसिङ’ मा पैदलयात्रुलाई बेवास्ता गर्दै सवारीसाधन तछामछाड गरेर अघि बढ्दा पैदलयात्रुलाई ठक्कर दिने घटना कम हुँदै गएको छ ।

ट्राफिकले चोकमा हातको इसारामा सवारीसाधन नियन्त्रण गर्दै आएकामा अहिले त्यो काम बत्तीले गर्न थालेको छ। चालकले पनि पैदलयात्रुले जथाभावी सडक पार गर्दा सवारी चलाउन कठिन भएको गुनासो गर्दै आएका थिए। दुई दशकदेखि ट्याक्सी चलाउँदै आउनु भएका श्याम तामाङ ट्राफिक बत्तीले पैदलयात्रु र चालकको व्यवहारमा परिवर्तन आउन थालेको बताए ।

जेब्राक्रसिङ नजिकै भए पनि त्यहाँबाट नभएर यात्रु आफूलाई पायकपर्ने ठाउँबाटै सडक पार गर्दै आएको उनको भनाइ थियो । जेब्राक्रसिङबाट समूहमा नभएर एक्लाएक्लै पार गर्दा सवारी साधन चलाउनै कठिन हुने चालकको भनाइ छ । बत्ती भएका चोकमा हरियो बल्दा यात्रु छन् कि भनी नडराई चलाउन सकिएको तामाङको भनाइ थियो । उनले भने, “अझै पनि मान्छेहरुमा बानी भने राम्रोसँग परिसकेको देखिँदैन ।”

उपत्यकामा केही चोकमा मात्रै सडक बत्ती भएको र भएका स्थानमा समेत काम नगरेपछि सरकारले केही महिना पहिलेदेखि बत्ती जडान र भएका बत्तीको मर्मत शुरु गरेको थियो । अहिले कतिपय स्थानमा जडान भइ सकेको र कतिपय चोकमा जडान हुने क्रममा रहेको प्रधानमन्त्री कार्यालयका विकास समन्वय विज्ञ गजेन्द्र थपलियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्