यस वर्ष जाडो लम्बिने सम्भावना

काठमाडौँ । यस वर्ष पानी पार्ने प्रणाली पटकपटक भित्रिरहेकाले जाडो लम्बिने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसपटक अलि सक्रिय खालको प्रणाली (पश्चिमी न्यून चापीय प्रणाली) पटकपटक भित्रिरहेको छ । जसले वर्षा र हिमपात गराउँदा देशभर चिसो बढ्ने गर्छ। यस पटक ३/४ वर्षयताकै ठूलो हिउँदे वर्षा भएको महाशाखाले जनाएको छ।

घाम लागेर जमिन तात्तिन लाग्दै गर्दा फेरि अर्को प्रणाली भित्रिएर पानी पर्ने, हिमपात हुने महाशाखाले जनाएको छ। अहिले सम्मको स्थिति हेर्दा यस्तो देखिए पनि मौसम सफा हुँदै गयो र दिनभर घाम लाग्न थाल्यो भने परिस्थिति फरक पनि हुन सक्ने महा शाखाको भनाइ छ। अब बिस्तारै जाडो घट्ने र गर्मी सुरु हुनु पर्ने हो । तर छिछिनमा बादल आउने, घाम लाग्न नपाउने भइरह्यो भने चाहिँ चिसो घट्न पाउँदैन र जाडो लम्बिने महाशाखाले जनाएको छ।

अगाडिका दिनमा भएको वर्षा र हिम पातले देशभर अझै चिसो कम भएको छैन। ‘अहिलेसम्मको स्थिति हेर्दा जाडो अलि लम्बिएला जस्तो देखिन्छ,’ उनले भने, ‘यसपटक अलि सक्रिय खालको प्रणाली (पश्चिमी न्यून चापीय प्रणाली) पटक–पटक भित्रिरहेको छ, जसले वर्षा र हिमपात गराउँदा देशभर चिसो बढ्ने गर्छ ।’ यस वर्ष औसतभन्दा बढी हिउँदे वर्षा भएको उनले जानकारी दिए ।

उनका अनुसार यस पटक ३–४ वर्षयताकै ठूलो हिउँदे वर्षा भएको छ । ‘घाम लागेर जमिन तात्तिन थालेको हुन्छ, तर फेरि अर्काे प्रणाली भित्रिन्छ र पानी पर्ने, हिमपात हुने गर्छ,’ उनले थपे, ‘जसले गर्दा तापक्रम बढ्न पाउँदैन र चिसो बढ्छ ।’ अहिलेसम्मको स्थिति हेर्दा यस्तो देखिए पनि मौसम सफा हुँदै गयो र दिनभर घाम लाग्न थाल्यो भने परिस्थिति फरक पनि हुन सक्ने वरिष्ठ मौसमविद् पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्