‘म हराएको पनि छैन, कतै लुकेको पनि छैन, बिरामी भएर बसेकी छु’

काठमाडौं, १२ माघ । गोष्ठीमा सहभागी हुन अमेरिका पुगेर उतै लुकेको भनेर समाचार बाहिरिए पछि कालिकोट तिलागुफा नगर पालिकाकी उपप्रमख दन्ता नेपालीले प्रति कृया दिएकी छन् । अमेरिकामा रहेकी नेपालीले आफु बिरामी भएको जानकारी सामाजिक सञ्जाल मार्फत गराएकी छन् । उनले आफ्ना बारेमा गलत समाचार आएको भन्दै सामाजिक सञ्जाल मार्फत गुनासो गरेकी छन् ।

उनले आफ्नो उपचारका लागि अझ ५ महिना लाग्ने समेत बताएकी छन। नगरपालिकाका मेयरको अनुमति लिएर नै आफु गोष्टिका लागि अमेरिका पुगेको बताएकी उनले आफु विरामी भएको बारेको पनि जानकारी दिन पटक–पटक फोन पनि गरेको प्रष्ट्याएकी छन् । मेयर रतनबहादुर शाहीलाई जानकारी दिएर अमेरिका पुगेको बताएकी उनले लेखेकी छन्,‘म हराएको पनि छैन, कतै लुकेको पनि छैन, मेयर रतन शाहीलाई जानकारी नदिएर पनि आएको होइन, उहाँले नै भ्रमण स्वीकृत गरेर आएको हो ।’

भारतकी डा. अञ्जीर कुमारले आफ्नो उपचार गरि रहेको उनले बताएकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पूर्ण रुपमा निको हुन अझै समय लाग्छ, ५ महिना भनेको छ ।’ कात्तिकमा उनी गोष्ठीमा स-हभागी हुनका लागि अमेरिका पुगेकी थिइन् ।

मिडियामा उनी अमेरिकामा नै लुकेको भन्दै समाचार प्रकाशन भएका छन् । मेयरले पनि आफु लाई जानकारी नदिई उपमेयर बेखबर भएको भन्दै मिडियामा बताएका कारण उनी उतै लुकेको खबर आएका थिए । कतिपयले दुई बर्ष अघि नै उन लाई डिभी समेत परेको विवरण सार्वजनिक गरेका थिए । ‘म हराएको पनि छैन, कतै लुकेको पनि छैन, बिरामी भएर बसेकी छु’ उनले फ्सबुकामा लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्