पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार सिलगुडीतर्फ !

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह एकहप्ते पारिवारिक भ्रमणका लागि भारतको सिलगुडी तर्फ लगेका छन् । आइतबार एक हप्ते भ्रमणका लागि पूर्वराजा शाह सपरिवार सिलगुडी प्रस्थान गरेका हुन्। झापामा रहेका उनी आइतबार दमकबाट सिलगुडी प्रस्थान गरेका हुन। भ्रमण टोलीमा पूर्व राज परिवारका साथमा निकट आफन्तहरु पनि रहेको जनाइएको छ ।

उनीहरुले पहिले पश्चिम बंगालका बिभिन्न स्थान र त्यस पछि सिक्किमको यात्रा गर्ने र दार्जिलिङ फर्कने बताइएको छ, दार्जिलिङमा पूर्वराजा ज्ञानेन्लद्रले आफूले अध्ययन गरेको स्कुल समेत पुग्ने कार्य तालिका रहेको बताइएको छ। पछिल्लो समय झापामा रहेका पूर्व राजा शाह आइतबार दमकबाट सिलगुडी प्रस्थान गरेका हुन् ।

झापाबाट दुई साता भ्रमणका लागि पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमल सहित पश्चिम बंगाल प्रस्थान गरेका उनका प्रेस संयोजक फणिराज पाठकले जानकारी दिए । पश्चिम बंगालको सिलिगुडी र सिक्किमको करिब दुई साताव्यापी यात्राका क्रममा पूर्व राजा ज्ञानेन्द्रले गांटोक र दार्जिलिङको पनि यात्रा गर्ने बताइएको छ। यद्यपि पूर्वराजा ज्ञानेन्द्रको भारत भ्रमणको तालिकाबारे आफूलाई जानकारी नरहेको प्रेस संयोजक पाठकले बताएका छन् ।

यो पनि, महिला जनप्रतिनिधि ताली बजाउँदै साक्षी बन्ने मात्रै : स्थानीय तहमा निर्वा्चित महिला जनप्रतिनिधि भूमिकाविहीन बन्न थालेका छन। स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको वडा समितिको काम, कर्तव्य र अधिकार स्पष्ट गरे पनि निर्वा्चित महिला जनप्रतिधि भने व्यवहारमा भूमिकाविहीन बन्दै गएका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐनमा वडा समितिले वडाभित्रको योजना तर्जुमा कार्यान्वयन, अनुगमन गर्ने, तथ्याङ्क अद्यावधिक र संरक्षण गर्ने, स्थानीय तहको विकास कार्यमा संलग्न हुने, वडाभित्रका विकास निर्माणको कामको र उपभोक्ता समितिको नियम गर्ने व्यवस्था गरिएको छ । ती कामका लागि वडा समितिले आवश्यकता अनुसार वडा सदस्यलाई जिम्मेवारी प्रदान गर्नुपर्छ । तर अधिकांश वडाध्यक्षले वडा सदस्यलाई जिम्मेवारी प्रदान नगर्दा स्थानीय तहका महिला वडा सदस्य भूमिकाविहीन बनेका हुन् ।

देशका ७५३ स्थानीय तह मध्ये अधिकांश स्थानीय तहका वडा महिला सदस्य बजेट र कानुन पारित गर्ने बेलामा ताली बजाउँदै साक्षी मात्र हुने गरेका छन् । स्थानीय तहमा वडाध्यक्ष सहित महिला सदस्य एक जना, दलित महिला एक, दुई जना खुल्ला सदस्य गरी पाँच जनाको वडा समिति हुने कानुनी व्यवस्था छ । गाउँ र नगरसभामा भने सबै वडा सदस्य विधायिकाको भूमिका हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्