२ छोरीसंग यसरी छमछमी नाचिन् पूर्वयुवराज्ञी हिमानी शाह (भिडियो सहित)

काठमाडौ – पुर्व राजा ज्ञानेन्द्र शाहका परिवारलाई हामिले सामाजिक सञ्जालमा कमै देख्न पाइन्छ । तर पछिल्लो समय भने पुर्व राजा ज्ञानेन्द्र शाहका नातिनीहरु सामाजिक सञ्जालमा निकै देखिन्छन् । पूर्व युवराज्ञी हिमानी शाहकी पुर्णिका शाह पनि सामाजिक सञ्जालमा सक्रिय हुन थालेकी छिन् । केही समयदेखी उनले सामाजिक सञ्जालमा आफ्ना कुराहरु पोष्ट गर्दै आइरहेकी छिन् ।

यस्तै हालै शाह परिवारको एक टिकटक भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । हालै सार्वजनिक टिकटक भिडियोमा हिमानी शाहलाई पनि टिकटकमा नाच्दै गरेको देखिएको छ। उक्त टिकटक भिडियोमा हिमानी आफ्नी छोरिहरुसँग नाचेकी छिन् ।

आमा हिमानीसँगको उक्त टिकटक भिडियो छोरी पुर्णिकाले आफ्नो टिकटक आईडिमा हालेकी छिन् । उनले टिकटकमा उक्त भिडियो हाले लगत्तै धेरैले हेरिसकेका छन् । टिकटकमा २ छोरीहरु संगै हिमानीले गायक सबिन राईको गीत ‘गुरासको फेदमुनी’मा ताल मिलाउदै नाचेकी छिन् । भिडियो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्