फेरि पानी पर्ने प्रणाली सक्रिय हुँदै : मङ्गलबार भन्दा बुधबार पानी पर्ने सम्भावना धेरै

काठमाण्डाै : मङ्गलबार देखि पश्चिमी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम विद्ले बताएका छन् । साेमबार बेलुकी देखि पानी पार्ने पश्चिमी न्यून चापीय प्रणाली फेरि सक्रिय हुने भएकाले पश्चिम नेपालको केही ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

साेमबार बेलुकी पानी पर्ने प्रणाली पश्चिममा आइपुग्नेछ भने मङ्गलबार दिउँसो मध्य हुँदै पूर्वसम्म नै फैलिने छ । उहाँका अनुसार यो प्रणालीले मङ्गलबारभन्दा बुधबार धेरै पानी पार्नेछ । तर यो प्रणाली यसअघिको जस्तो लगातार झरी पार्ने खालको भने नभएको मौसम विद् प्रधानाङगले जानकारी दिनुभयो । मौसमविद् प्रधानाङ्गका अनुसार मङ्गलबार दिउँसो देशभरिकै मौसम एकैछिन खुल्दै फेरि बादल लाग्नेछ भने तराईमा लागेको हुस्सु दिउँसो पछि मात्रै हट्ने सम्भावना छ ।

‘देशको पश्चिमी क्षेत्रमा बेलुका देखि यसको प्रभाव सुरु हुने देखिन्छ,’ सोमबार बिहान मौसमविद् प्रधानांगले भने ‘आज बेलुकालाई पश्चिमी क्षेत्रका केही स्थानमा मात्रै वर्षा र हिमपात गराउनेछ।’ यो प्रणाली क्रमशः पूर्व सर्ने र भोलि मंगलबार मध्य क्षेत्रसम्म आइपुग्ने सम्भावना रहेको उनले बताए। उक्त प्रणालीका कारण मंगलबार काठमाडौंमा पनि पानी पर्न सक्ने उनको अनुमान छ।

यस्तो छ अहिले मौसम : अहिले (सोमबार बिहान) काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा हुस्सु तथा तराई क्षेत्रमा कुहिरो लागेको छ । मौमविद्का अनुसार हुस्सु केही पातलो हुन्छ भने कुहिरो अलि बाक्लो । मौसम विद् राजु प्रधानांगका अनुसार पहाडी क्षेत्रमा लागेका हुस्सु घाम लागेसँगै हटेर जानेछ भने तराईका कुहिरो हट्न दिउँसोसम्म लाग्न सक्छ। यस बाहेक देशभर सामान्यतया मौसम सफा नै छ।

मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चे’तावनी तथा परामर्श जारी गर्दै भनेको छ : पश्चिमी भूभागका थोरै स्थानहरूमा हल्का वर्षा तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिम पातको सम्भावना छ । साथै तराईका केही भूभागमा हुस्सु/कुहिरो लागेका कारण घाम राम्रोसँग नलाग्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउनु हुन अनुरोध छ।

आज काठमाडौंको तापक्रम : सोमबार बिहान ५:४५ को रेकर्ड अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस छ । हिजो आइतबार उपत्यकाको अधिकत तापक्रम १६ डिग्री थियो । आज पनि १५ देखि १७ डिग्रीसम्म अधिकत तापक्रम पुग्न सक्ने मौसमविद् प्रधानांगको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्