प्यासेन्जरलाई ‘जाने हो’ भन्यो ‘पठाओ बोलाको छु’ भन्छन्

काठमाडौं : मेरो घर ओखलढुंगा हो । त्यहीँ जन्मे÷हुर्केको हुँ। कामको सिलसिलामा अहिले काठमाडौँमा छु। पहिले गाउँमा गाडीको सह चालक भएर काम गर्थें। बिस्तारै गाडी चलाउन सिकेँ । अनि, काठमाडौँ आएर ट्याक्सी चलाउन थालेँ। काठमाडौँ आएको पनि तीन वर्ष हुन लाग्यो। अहिलेसम्म साहूकै ट्याक्सी चलाइरहेको छु। दिनमा ११ सय रुपैयाँ साहूलाई बुझाउँछु। अरू कमाउन सकियो भने आफैँलाई हो।

दिनमा ट्याक्सी चलाउँछु। राति चलाउन ड’र लाग्छ। रातमा भनेजस्तो ग्राहक पाइँदैन। त्यस माथि मान्छे सबै एउटै पनि हुँदैनन्। दुईचार महिना अगाडि रातको ८बजे ठमेलबाट चार–पाँच जना केटाले शंखमूल पुर्‍याइ दिन भने। शंखमूल एरियाको भित्रसम्म पुगिसक्दा पनि ‘ठाउँ आयो’ नै भन्दैनन्। उनीहरूका कुरा सुन्दा लु’ट्ने प्लान बनाएको जस्तो भान भयो। मेरो भाइको कालोपुलमा मोबाइल समेत लु’टेको कुरा याद आयो।

‘कसरी छुटकारा पाउँ ?’ भन्ने लाग्यो। ठ्याक्कै पुलिस चेकिङ भइरहेको थियो। त्यही झर्न लगाएँ र फुत्किएँ। त्यस दिन ड’रले त मेरो सातोपुत्लै गएको थियो। यस्ता धेरै घ’टना हुन्छन्। ट्याक्सी चलाउन त्यति सजिलो कहाँ छ र ? त्यो पनि रातमा ! कहिले काहीँ दु’र्घटनामा पनि परिन्छ। भर्खरै गाडी चलाउन सुरु गरेको बेला ठूलै दु’र्घटनामा परेको थिएँ। राति ९ बजे गाडी थन्क्याउनु पर्ने ८:४५ मा कमलपोखरीबाट कपन भएर ९ बजे जसरी पनि सुन्धारामा पुग्नुपर्ने थियो।

ओभरटेक गरेको उताबाट अर्को गाडी आएको रहेछ, जुध्यो। बनाउन मै डेढ-दुई लाख रुपैयाँ खर्च भयो। धन्न इन्स्युरेन्सले कभर गर्‍यो । नत्र नमज्जाले डुबिन्थ्यो। मलाई खासै चो’ट लागेन । पहिले त ट्याक्सी चलाउँदा राम्रै नाफा बस्थ्यो । अहिले भने पठाओले गर्दा व्यापारमा मर्का परेको छ। प्यासेन्जरलाई ‘जाने हो’ भनेर सोध्दा ‘पठाओ बोलाको छु’ भन्छन्। ‘तिमीहरूले भन्दा आधा पैसामा लग्छ’ भन्छन्। जानै मान्दैनन्।

हामीलाई पनि मिटरमा जान गाह्रो नै छ। साहूलाई पैसा बुझाउनु पर्छ। आफू पनि बाँच्नैपर्‍यो। सरकारले ‘हेर्छु–हेर्छु’ भन्छ तर खै त हेरेको ? ट्याक्सी चलाएर ज्यान पाल्न निकै मुश्किल भइ सक्यो। अहिलेसम्म बिहे गरेको छैन। आफँैलाई खान धौधौ छ । बिहे गर्ने हिम्मत आएको छैन। अफसिजन भएर पनि होला, राम्रो कमाइ भएको छैन। सिजन आएपछि केही हुन्छ कि ! प्रस्तुतिः सुमित

प्रतिक्रिया दिनुहोस्