सुनको मूल्य अहिले सम्मकै उच्च

काठमाडौं : सुनको भाउ फेरि बढेको छ । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलाको ७४ हजार ५ सय पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको आजको सुनचाँदीको भाउअनुसार शुक्रबार मात्रै सुनको भाउ एक हजार रुपैयाँ बढेको हो । बुधबार तोलामा ७३ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो । चाँदीको भाउ भने आज पनि घ’टबढ भएको छैन। चाँदी आज पनि तोलाको ९ सय रुपैयाँमा कारोबार भैर हेको छ ।

यो पनि पढ्नुहोस : बिदेशी मुद्राको बिनिमय दर –शुक्रबार कोरियन वनको भाउ घटेको छ भने अरु विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार १ अमेरिकी डलरको खरिद दर ११३ रुपैयाँ ९० पैसा र बिक्रीदर ११४ रुपैयाँ ५० तोकेको छ । बिहीबार यसको खरिददर ११३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११४ रुपैयाँ २६ पैसा थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा थियो। यस्तै शुक्रबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो यसको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा तोकेको थियो ।

ओमानी रियाल १ को खरिददर २९९ रुपैयाँ २९ पैसा तोकेको छ । बिही बार ओमानी रियाल १ को खरिददर २९८ रुपैयाँ १७ पैसा रहेको थियो । आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १ पैसा र बिक्री दर ३१ रुपैयाँ १७ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ११ पैसा थियो ।

यस्तै शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८७ पैसा र बिक्रीदर २८ रुपैयाँ १ पैसा तोकेको छ । हिजो यसको खरिददर २७ रुपैयाँ ७९ पैसा र बिक्रीदर २७ रुपैयाँ ९३ पैसा रहेको थियो । शुक्रबार कोरियन वनको भाउ भने घटेको छ । आज कोरि यन वन १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा तोकेको छ । हिजो यसको खरिददर ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९० पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६४ पैसा पुगेको छ। हिजो यसको १ को खरिददर ३७४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ८६ पैसा रहेको थियो। यस्तै बहराइन दिनार १को खरिददर ३०२ रुपैयाँ १२ पैसा र बिक्री दर ३०३ रुपैयाँ ७१ पैसा तोकेको छ । शुक्रबार यसको १ को खरिददर ३०१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ५ पैसा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्