इटहरीका मेयरले एकै दिन निकालिदिए बाह्र कर्मचारी (सुची सहित)

इटहरी : इटहरीका मेयर द्धारिकलाल चौधरीले सोमवार इटहरी उपमहानगर पालिकामा कार्यरत बाह्र जना कर्मचारीलाई जागिर बाट निकालिदिएका छन। करार सम्झौता सकिएको समयमा नबिकरण नगरि मेयरको एकल निणर्यले कर्मचारीलाई जागिरबाट निकालिदिएका हुन् । निकालिएका कर्मचारी मध्ये अनमी अहेब कम्प्यूटर लगायतमा काम गर्ने रहेका छन् । कर्मचारी निकालेर मेयर चौधरी आज काठमाडौँ गएका छन् ।

निकालिएका कर्मचारी मध्ये अमिन सहायक चौथोमा कार्यरत दयाराम गौतम, कम्प्युटर सम्बन्धी काममा कार्यरत कर्मचारी लवप्रसाद दाहाल, कम्प्युटर प्राबिधिक सहायक स्तर तेस्रो मनिषा श्रेष्ठ लगायत नौँ जना स्वास्थ्य क्षेत्रका रहेका छन् । यस बिषयमा मेयर चौधरी सगँ बुझ्दा संघीय सरकारले स्थायी कर्मचारी पठाइ सकेको र स्थानीय तहमा करारमा कर्मचारी राख्दा उपमहानगरलाइ आर्थिक भार पर्ने भएकाले यस्ताे निणर्य गरेको प्रतिक्रिया दिए ।

कर्मचारी निकालिदिएर मेयर चौधरी आजै काठमाडौँ गएका छन् ।निकालिएका कतिपय कर्मचारीहरु इटहरी उपमहानगरमा निकै लामो समयदेखि सेवारत थिए । उपमहा नगरलाई जनशक्ति कम हुँदा उनिहरुले नगरवासीलाई सेवा प्रदान गर्दै आईरहेका थिए । निका लिएका मध्ये केही कर्मचारीहरु भने बेला बेलामा वि’वादमा तानिदै आएका थिए । उनिहरुले आफुहरुले अन्य कर्मचारी सरह सेवा प्रदान गरेपनि उपमहा’नगरबाट पाउने सेवा सुविधामा विभेद गरिदै आएको जनाउदै बिभिन्न समयमा अन्य सरह सेवा सुविधा दिनु पर्ने माग उठाउदै आएका थिए ।

यो पनि, सामुदायिक वन छोड्न सहमत: बि’नासकारी भू’कम्प पछि हिमाली गाउँ सेलाङको बाँसखर्क र काफ्लेडाँडाको सामुदायिक वन क्षेत्रमा आश्रित भूकम्प पीडित थातथलो फर्कँन सहमत भएका छन्। डिभिजन वन कार्यालयको पहलमा साढे चार वर्षदेखि बस्दै आएको वन छोडेर उनीहरु आफ्नै गाउँ फर्कँन सहमत भएका हुन्।

जुगल गाउँपालिका–१ स्थित मञ्जु देउराली सामुदायिक वनमा ५१ परिवार अस्थायी टहरो बनाएर बसोबास गर्दै आएका थिए। डिभिजन वनका अधिकारी वन क्षेत्र छोडेर आफ्नै थलोमा फर्कँन अनुरोध गर्दै पी’डितका आश्रय स्थलसम्म पुगेका थिए। पी’डितले छिट्टै वन क्षेत्र खाली गराउने सहमति जनाएको वन अधिकृत तुलाराम घिमिरेले बताए। ‘दुई पक्षबीचको छलफलबाट वन छोड्ने सहमति जुटेको हो,’ उनले भने।

यसअघि घर फर्कँन वडा कार्यालय र डिभिजन वनले अनुरोध गरिरहे पनि उनीहरु अटेर गरेर बस्दै आएका थिए। भू’कम्पपछिको आ’पतकालीन अवस्थामा उनीहरु यहाँ आश्रय लिन आइपुगेका थिए। सेलाङ सेपगाउँका १८ परिवार बाँसखर्क तथा गोल्चे खानीगाउँ र लिदीगाउँका २० परिवार काफ्लेडाँडामा बसिरहेका थिए। उनीहरु छुट्टिइ, भिन्न भइ अहिले ५१ परिवारमा फैलिएका छन्।

प्रतिक्रिया दिनुहोस्