भोलिदेखि देशभर मौसम प्रभावित, फेरि वर्षा र हिमपात

टीका बन्धन, काठमाडौ : पश्चिमी वायुको प्रभावले फेरि देशैभरीको मौसम प्रभावित बन्ने भएको छ । भू–मध्य सागरबाट सोमबार अपरान्ह्र भित्रिएको जलवाष्प युक्त वायु (हावामा पानीको अंश) ले बुधबार देशैभर हिउँदे वर्षा र हिमपात हुँदैछ । भू–मध्य सागर र अरब सागरको वायुको दोहोरो मिश्रणले मध्य र सुदुर पश्चिमका उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार साँझदेखि नै सुदुरपश्चिमका उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरु भइसकेको महाशाखाकी मौसमविद् मञ्जु बासीले बताइन। ‘अहिले भित्रिएको वायुको असर त देशैभरी नै देखिन्छ तर केही बढी असर भने पश्चिमी भेगमा पर्नेछ, पश्चिममा अहिले साँझ देखि नै असर शुरु भइसक्यो’, महाशाखाकी मौसमविद् मञ्जु बासीले अन्नपूर्णसँग भनिन् ।

अहिले भित्रिएको वायुको आंशिक प्रभाव आज मंगलबार मध्य र पूर्वी भेगमा आंशिक प्रभाव पर्ने र भोली सबै भागमा फैलिने र त्यसको प्रत्यक्ष÷अप्रत्यक्ष असर बिहिवारसम्म रहने उनले प्रष्ट्याइन् । डेढ साता अघिको जस्तो निरन्तर झरीको संभावना भने नरहेको महा शाखाका अधिकारी बताउँछन् । हिउँदे झरी र हिमपात गराउने भू–मध्य सागरको वायु इरान, अफ’गानिस्तान, पा’किस्तान, भारतको ज’म्मु का’श्मीर हुँदै भित्रिने गर्छ ।

विज्ञहरुका अनुसार भू–मध्य सागरको वायु जति कम उचाई हुँदै बहन्छ त्यसले अरब सागरको वायुलाई समेत दक्षिण एसियाली मुलुक तर्फ धकेल्न सघाउ पुर्‍याउँछ । दुवै सागरको वायुमा पर्याप्त जल वाष्पको मात्रा भएपछि मौसम धुमिने र हिउँदे झरी गराउने उच्च सम्भावना रहन्छ । पश्चिमी वायु जमिनको सतहबाट साढे पाँच किमी वा सो भन्दा कम उचाइ दुरी हुँदै बहेमा वर्षा र हिमपातको संभावना उच्च रहने गर्छ ।

प्रतिक्रिया दिनुहोस्