जन यु’द्धमा अग्नि सापकोटा

काठमाडौं,१४ माघ। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटा नि’र्विरोध सभामूखमा निर्वाचित भएका छन्। सङ्घीय संसद्को प्रतिनिधि सभामा आइतबार भएको निर्वाचनमा सापकोटा सभामूखमा निर्वि’रोध निर्वाचित भएका हुन्। सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपा भित्र ठूलो वि’वाद भयो। तत्कालीन सभामूख कृष्णबहादुर महराले रा’जीनामा दिएपछि तीन महिना देखि सभामूख पद रिक्त रहेको थियो।

सभामूखमा नि’र्विरोध निर्वाचित अग्नि सापकोटा तत्कालीन वि’द्रोही नेकपा (मा’ओवादी) का नेता हुन्। नेकपाले सभा मुखको उम्मेदवारबारे निर्णय गर्न नसक्दा संसद्को हिउँदे अधिवेशन सुरु भएकै दिनदेखि सूचना टाँस गरेर बैठक सारिए। यो अधिवेशनमा गत पुस ४ गते औपचारिकताका लागि प्रतिनिधिसभाको पहिलो बैठक बसेको थियो। तर त्यसपछि भने पटक पटक बैठकहरू सूचना जारी गरेर सारिए। पुस ११ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर पुस १६ गतेका लागि सारिएको थियो।

यो अधिवेशनमा प्रतिनिधिसभाको बैठकले पहिलो कार्यसूचीमा सभामुख चयनको प्रक्रिया राखेको थियो। तर पुस १६ गतेको बैठक पनि सूचना टाँस गरेर पुस २७ गतेका लागि सारियो। उक्त बैठक पनि बस्न सकेन र सूचना टाँसगरी माघ६ गतेका लागि बैठक सारियो । उक्त बैठकमा भने राजीनामा दिएर उप सभामुखले रा’जीनामा दिएर सभामुख चयनका लागि बाटो खोलिदिइन्।

प्रतिक्रिया दिनुहोस्