अर्को अस्ट्रेलिया का’ण्ड : श्रीमती नै भिलेन बनेपछि सन्तोषले यो जे खेप्न बाध्य भए

काठमाडौं । उच्च शिक्षाका लागि वा जागिरका लागि अस्ट्रेलिया, अमेरिका लगायत पश्चिमा देशमा जाने नेपालीहरुको काण्ड समय समयमा भाइरल हुने गर्दछ । पछिल्लो समय सामाजिक सञ्जालमा अस्ट्रेलिया का’ण्डका नाममा एउटा भिडियो खुबै भा’इरल भयो । यी देशहरुमा कतिपय नेपालीका घट्नाक्रमले हाम्रो सामाजिक मर्यादा नाघेको पाइन्छ ।

विदेश गएपछि एकाएक पश्चिमा संस्कृतिमा रमाउने र आफूलाई त्यही रुपमा ढाल्न खोज्ने केही युवा युवतीहरुको प्रवृत्तिले नेपाली समाजमा ठुलो भुकम्प ल्याएको छ । पछिल्ला केही घट्ना क्रम नियाल्ने हो भने पनि यस खालका कुराहरु देख्न पाइन्छ । दाङमा दबङ शैलीमा हिँड्ने युवा सन्तोष (नाम परिवर्तन) ले फिल्मी शैलीमै प्रेम विवाह गरे । बिहेपछि बिक्कीले श्रीमतीलाई अस्ट्रेलिया पढाउने र आफू पनि डिपेन्डेन्टमा जाने सोच बनाए ।

अस्ट्रेलिया गएर काम पनि सुरू गरे । यसै क्रममा श्रीमतीलाई नर्सिङ पढाउन दिनरात दुःख गर्न थाले । सन्तोष नेपाल हुँदा पनि काममा जोशिला थिए । एक दिन श्रीमतीले नेपालमा भएका आफ्ना बाबुआमालाई भेट्नु भन्दै सन्तोषलाई नेपाल फिर्ता पठाइन् । करिब एक महिना नेपाल बसेर फर्कने क्रममा सन्तोषलाई त्रिभुवन विमानस्थलमा अध्यागमन विभागले रोक्यो र भन्यो ‘तिम्रो भिसा रद्द भइसक्यो ।’

२०२२ अगष्ट सम्मको भिसा बोकेर नेपाल गएका सन्तोषलाई के थाहा, श्रीमती नै ‘भिलेन’ हुन्छिन् भन्ने कुरा । नेपाल आउँने वित्तिकै श्रीमतीले उनको डिपेन्डेन्ट भिसा रद्द गरि दिएको खुल्न आएको छ । सन्तोष एक प्रतिनिधि पात्र मात्रै हुन, यस्ता घटनाहरु लगातार बढ्दै गइरहेका छन् । लालचले गर्दा नक्कली विवाह गरेर विदेशमा पुग्नेहरु कुना बसेर रुनु भन्दा अर्को कुनै विकल्प नै रहँदैन ।

प्रतिक्रिया दिनुहोस्