जब पुटिनले गार्ड अफ अनर लिइरहँदा सैनिक जवानको भुइँमा खसेको ‘क्याप’ टिपेर लगाइदिए

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पु टिन शनिबार प्यालेष्टा इनको भ्रमणमा थिए । उनलाई देशका महत्त्वपूर्ण अतिथिको रुपमा सम्मान दिइँदै थियो। कार्यक्रममा प्याले ष्टाइनी सहर बेथलेहममा भइरहेको थियो। गार्ड अफ अनर्स सुरु हुनुभन्दा अघि त्यसका लागि खटाइएका एक सैनिक जवानको क्याप भुईंमा खस्यो ।

समारोह सुरु भइसकेकाले सैनिकले क्याप टिप्न निउरिन मिल्दैनथ्यो । पुटनअघि पुगिस्कदा पनि क्याप उनी हिँडिरहेको रेड कार्पेटकै छेउमा ल’डिरहेको थियो। पुटिनले त्यो देखेपछि प्रोटोकल तोडेर क्यापलाई उठाएर जवानलाई लगाइदिए र ‘थम्ब्स अप’ गरे। समा जिक सञ्जालमा पुटिनको यो कदमको मानिसहरुले प्रशंसा गरिरहेका छन् ।

यो पनि,न सरकार फेरिन्छ, न मन्त्री – मुख्यमन्त्री राउत : मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोलनको म्यान्डेट अनुरुप गठन भएको समाजवादी र राजपा गठ बन्धनको सरकार ५ वर्ष सम्म चल्ने दावी गर्नु भएको छ। नेपाल इन्जिनियर्स एशोसिएशन प्रदेश नं.२को प्रथम वार्षिकोत्सव सभालाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले भन्नु भयो, ‘ हल्लाको पछाडी नलाग्नुस, यो सरकार मधेश जनताको म्यान्डेटले बनेको हो, पाँच वर्ष सम्म चल्छ , न सरकार फेरिन्छ, न मन्त्री ।’

संघीयतालाई नरुचाउने प्रतिक्रियावादी शक्तिहरु समाजवादी र राजपाबीच फुट डालेर संघीयतालाई नै स’खाप पार्ने षडयन्त्र गरि रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले दुबै दलका शीर्ष नेताहरुले चयन गरेको मन्त्री फेर्ने काम नहुने स्पष्ट पार्नु भयो । यो सरकार सिक्ने क्रममा रहेको र कर्मचारी तन्त्रबाट पूर्ण सहयोग पाउन नसकेको अवस्थामा केही समस्याहरु आएको स्वीकार गर्नु हुँदै उहाँले मुलुकको संघीयता जोगाउने अभिभारा प्रदेश नं. २ माथिनै रहेकाले आफुहरु झिना मसिना कुरामा नअल्झिने समेत स्पष्ट पार्नु भयो ।

एक अर्को प्रसंगमा मुख्यमन्त्री राउतले गत आर्थिक वर्षको भुक्तानी गर्न कानून स’मस्याहरु आएकोले ढिलो हुन गए पनि अवको केही दिनमै नियमावली बनाएर भुक्तानी दिने र्तैयारी शुरु भै सकेको स्पष्ट पार्नु भयो । नेपाल इन्जिनियर्स एशो सिएशन प्रदेश नं.२ का अध्यक्ष नन्द किशोरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्यमन्त्री राउतले इन्जिनियर्संहरुको सेवा सुविधानको लागी प्रदेश सरकार प्रतिवद्ध रहने समेत बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्