आस्थालाई भेट्न अस्पतालमै पुगिन नायिका रेखा थापा, भेटपछि लेखिन् यस्तो स्टाटस !

काठमाडौं । प्रहरी जवान रमिता श्रेष्ठसँग विमानस्थमा वि’बाद भएपछि चर्को विबादमा तानिएकी गायिका आस्था राउत यति बेला प्रहरीको हि’रासतमा छिन् । विमानस्थलमा हतारमा रहेकी आस्थाले प्रहरीसँगको वि’बाद पछि लाइभ कार्यक्रममा सिंगो प्रहरी संगठन माथी नै औँला उठाएपछि प्रहरीले आस्थालाई प’क्राउ नै गर्ने तयारी गरेको थियो ।

यद्यपी गायिका राउत आँफै प्रहरी कार्यालय पुगेपछि प्रहरीले ४ दिन हि’रासतमा राखेर अनुसन्धान थालेको छ । यसैबिच हि’रासतमा नै रहेका बेला उनको पेटमा समस्या देखिए पछि उनलाई त्रिपुरेश्वर स्थित ब्लु क्रस अस्पताल लगिएको छ । राउतलाई अस्पतालको चौथो तलाको ४२३ नम्बर बेडमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

राउतको उपचारमा डा. सुभाषचन्द्र यादवको टोली खटिएको बताइएको छ । उनले खाना नखाएपछि उनको पेटमा समस्या आएको बताइन्छ । आस्था लाई भेट्न अस्पताल नै पुगेकी रेखाले मध्यरातमा स्टाटस लेखेकी छिन् । गायिका राउत माथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरीमाथि दुव्र्य’वहार गरेको आ’रोप लागेको छ । रेखाले अस्पतालबाट फर्केपछि मध्यरातमा १२ बजेर १३ मिनेट जाँदा लेखेको स्टाटस यस्तो छ ।

नायिका रेखा थापाको स्टाटस जस्ताको तेस्तै : आस्था रावत प्रहरी हिरा’सतमा रहेको र उनले प्रयोग गरेका अभिब्यक्ती बारे सबैजसो लाई थाहा छ । उनकै शब्दमा समग्र प्रहरी संगठन प्रती पर्न गएको अमर्यादाबारे भुल स्विकार पनि गरेकी छन । यस बाहेक आस्था एक नागरिक पनि हुन र उनले सेवा प्रबाहमा गरिने व्यबहार बारे सुधारको लागि आ’क्रोसित भएको देखिन्छ ।

ब्यक्ती नागरिक र पदाधिकारी जो भएपनी मानविय व्यबहार र असुन्तुष्टी पोख्ने ठाउँ नै यस्तै सार्वजनिक स्थलहरु हुने गर्दछ । यसलाई ठुलो बिषय र संस्था प्रतिको आ’क्रमण नठनी एउटा सेवाग्राहिको जान अन्जान आ’क्रोसको रुपमा लिएर यथा सिघ्र हिरासत मुक्त गर्नु पर्दछ । यस बाट हामी सबैले सकारात्मक पाठ सिक्नु पर्छ र सुधार हुने अबसर ठान्नु पर्छ । आस्थाले नियोजित अप’राध होइन भुल/ आ’क्रोसमा अप’शब्द बोलेको रुपमा लिनु पर्छ । यस्ता घटना धेरैका वास्तविक जीवनमा घटेका हुन्छन र कैयन सार्वजनिक हुँदैनन । सिक्दै जाने क्रममा समाज पनि सुधार हुँदै जाने भएकोले यसलाई कानुनी र प्रशासनिक बिषय मात्रै बनाउनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्