लकडाउन खुकुलो भएसँगै काठमाडौँ छिर्नेको भीड, नागढुङ्गामा सवारी जाम (भिडियो सहित)

काठमाडौं : शुक्रबार काठमाडौँको नाग ढुङ्गामा हेल्मेट र बर्सादी लगाएका एक युवक प्रहरीलाई अनुरोध गर्दै थिए । मेरो सानो बच्चा पनि छ हजुर । बुटवलबाट आएको, फेरि फर्केर उता जाने अवस्था छैन । यो पासबाट जाने व्यवस्था गरि दिनुप-यो । उनको हातमा नगरपालिकाको वडा कार्यालयले बनाइ दिएको पास थियो जसलाई सरकारले मान्यता दिएको छैन ।

प्रहरीले उनलाई बुटवलबाट नागढुङ्गा आउञ्जेल सडकमा ठाउँ–ठाउँमा प्रहरीले पास जाँच गरेन भनेर सोधे उनले कहिपनि जाँच नगरेको बताए । श्रीमती र बच्चा सहित मोटरसाइकलमा बुटवलबाट काठमाडौँ छेउ आइपुगेका प्रशान्त रोका क्षेत्रीलाई प्रहरीले उतै बुटवल फर्किन भन्यो । कि जिल्ला प्रशासन कार्यालयको पास हुनुपर्ने अन्यथा उतै फर्किनुपर्ने बताएपछि उनी अप्ठेरोमा परे ।

लकडाउन सुरु भएको दोस्रो दिन बुटवल गएका उनी लकडाउन अलि खुकुलो भएपछि सिनामंगलमा रहेको हार्डवेयर पसल सञ्चालन गर्न आएका थिए । उनीजस्तै बिना सवारी पास वा अन्य पास बनाएर आउनेलाई प्रहरीले जहाँबाट आएको हो उतै फर्काइ दिने गरे को छ ।

लकडाउन कडा भएका बेला जिल्ला प्रशासन कार्यालयको पास लिएर झन्डै ४० वटा निजी सवारी साधन नाकाबाट भित्रिने गरेकोमा अहिले दैनिक दुई सय पचास भन्दा बढी सवारी साधन भित्रिने गरेको छ । यस्तै अत्यावश्यक ढुवानीका सवारी साधनको संख्या पनि बढेको छ । सवारी साधन भित्रिने र बाहिरिनेको संख्या बढेपछि नागढुङ्गामा एक देखि २ घण्टासम्म सवारी साधान जाममा पर्ने गरेका छन् । भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्