उधारोमा उखु, नगदमा चिनी : ७२ घण्टामै यसरी बनाइन्छ चिनी (भिडियाे सहित)

महोत्तरी : उखु उब्जाउन किसानलाई एक वर्ष लाग्छ। तर, उद्योगीले किसानसँग उखु लिएको ७२ घण्टाभित्र चिनी तयार गरेर गोदाममा भित्र्याउँछ । चिनी तयार हुने बित्तिकै चिनीले बजार भाउ पाउँछ, उद्योगीले चिनी बिक्री गरेर कमाउँछ । नगदमा उखु उब्जाएर उधारोमा उद्योगीलाई उखु बिक्री गर्न बाध्य किसानले आफ्नै पसिनाको मुल्य पाउन पनि आन्दोलन गर्नुपरेको छ ।

उखु उत्पादन गर्ने क्रममा किसानलाई प्रत्येक वर्ष महँगो लगानी गर्नु परेको छ। मलमा त चार गुणासम्म बढी तिर्नुपरेको अवस्था छ। नेपाल सरकारले किसानको लागि सहज रूपमा मलदिन नसकेपछि बध्यताबस भारतबाट बढी मूल्य तिरेर ल्याउने गरेको रामविलास ले सुनाए। तराइका ३६ जिल्लाका किसान उखु खेतीमा परनिर्भर छन् । उखु खेती नेपालको नगदे बालीको सूचीमा पर्छ ।

तर, उखु उब्जाउने किसान लाई सधैँ उधारोमा बाली बिक्री गर्नु परेको पीडा छ । उद्योगीलाई उखु बिक्री गरेको तीन वर्षमा पनि किसानले भुक्तानी पाउन सकि रहेका छैनन्। सरकारले अनुदान रकम दिन पनि ढिलाइ गर्छ । किसानसँग उद्योगीले उखु लिएको ७२ घण्टामा क्रसिङ गरेर कसरी चिनी उत्पादन हुन्छ ? अन्नपूर्णकर्मी राजकरण महतोले महोत्तरीको गौशाला स्थित रामनगरमा रहेको एभरेस्ट सुगर मिल पुगेर तयार पारेको भिडियो : भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्