काठमाडौं : धनगढीमा हृदय घा’तले ४० बर्षिय महिलाको मृ’त्यु भएको छ। धनगढी उप–महानगर पालिका वडा नम्वर ३ केदार टोलकी ४० बर्षीय पुष्पा भट्टको हृदय घा’तका कारण मृ’त्यु भएको हो । सोमवार राती सुतेकी भट्ट मंगलवार विहान मृ’त अवस्थामा फेला परेकी हुन्। उनका श्रीमान पूर्व सैनक हुन्। मृ’तक भट्टको श’वयात्रा विहान ८ बजे मोहना आर्य’घाटका लागि सुरु हुनेछ।
यो पनि, सुदूरपश्चिमका अस्पतालको स्तरोन्नती गर्ने निर्णय कार्यान्वयन भएन : सुदूरपश्चिमका विभिन्न स्वास्थ्य संस्थाको स्तरोन्नती गर्ने मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन गर्न वेवास्ता गरिएको छ। सुदूर पश्चिम प्रदेशको मन्त्रीपरिषद्ले गतवर्षकै पुस १८ गते कैलालीको मालाखेती अस्पताल, डडेल्धुराको जोगबुडा अस्पताल, दार्चुलाको गोकुलेश्वर अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी कञ्चनपुरलाई स्तरोन्नती गर्ने निर्णय गरेको भएपनि कार्यान्वयन नभएको हो।
मालाखेती र जोगवुडा अस्पतालको भौतिक संरचना निर्माण संगै सेवा विस्तार तथा गोकुलेश्वार अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी कञ्चनपुरलाई २५ शैयामा स्तरोन्नती गर्नुपर्ने सामाजिक विकास मन्त्रालयको प्रस्तावलाई मन्त्रीमरिषद्ले स्वीकृत गरेको एक वर्ष पुरा हुँदा पनि उक्त निर्णय अलपत्र परेको हो। कञ्चनपुरको बेलौरी नगरपालिकाकी सूचना अधिकारी सुशिला लेखकले अस्पताल स्तरोन्नतीको निर्णय कार्यान्वयन नहुँदा सेवा प्रवाहमा समस्या भएको बताईन्।
प्रदेश सरकारले स्थायी राजधानी घोषणा गरेको गोदावरी नगरपालिमा रहेको मालाखेती अस्पतालको स्तरोन्नती गर्ने निर्णय समेत अलपत्र परेको छ। केही समय अगाडी नगरपालिका कै पहलमा उक्त अस्पतालमा आकश्मिक सेवा संञ्चालन गरिए पनि थप सेवा विस्तार संगै कर्मचारी पदपुर्ती गर्न समेत प्रदेश सरकार उदासिन देखिएको हो।सात पहाडी जिल्लाकै प्रवेशद्धारा रुपमा रहेको उक्त अस्पतालमा सामान्य उपचार सेवा त संञ्चालनमा छ तर विशेषज्ञ सहितको सेवा संञ्चालन गर्न नसकिएको मालाखेती अस्पतालका प्रमुख डाक्टर पदमप्रकास देव शर्माले बताए।
प्रतिक्रिया दिनुहोस्