फर्केनन् साउनाको बाफ लिएर ग्यास गिजरमा नुहाउन छिरेका हस्त र नेत्रकुमारी

काठमाडौं, ललितपुर-१४ मा बस्ने हस्त गर्बुजा मगर दैनिकजसो विशाल चोकको फिट एन्ड फाइन जिमखाना जान्थे।जिम खानामा उनी जिम भने गर्दैनथे, साउनामा बाफ लिन्थे। बुधबार पनि साँझ ४० वर्षीय मगर ३७ वर्षीया श्रीमती नेत्रकुमारीलाई लिएर पुगेका थिए।महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार उनीहरू सवा ६ बजे जिमखाना पुगे ।६:२१ बजे दुबै जना साउना छिरे। साउनासँगै बाथरूम पनि छ।

सधैँ केहीबेरमै निस्किने मगर लगभग अढाइ घन्टा बित्दा पनि बाहिर आएनन्। श्रीमान्-श्रीमती छिरेका हुनाले कर्मचारीले पनि वास्ता गरेनन्। ९ बजेसम्म पनि उनीहरू बाहिर नआएपछि कर्मचारीलाई शंका लाग्यो।सञ्चालिका जुना बस्नेतसहित कर्मचारीले ढोका फोडे। त्यसबेला ९:११ बजेको थियो। ‘ढोका फोडेपछि उनीहरू आत्तिएका देखिन्छन्,’ सिसिटिभी फुटेज उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले भने।

त्यसपछि उनीहरूले सातदोबाटो प्रहरीमा फोन गरे। लगत्तै प्रहरी टोली पुग्दा दुबै जना बेहोस अवस्थामा थिए। शर्माका अनुसार साउनासँगै बाथरूममा नुहाउने क्रममा उनीहरू बे’होस भएका थिए। बाफ लिएर नुहाउन पस्दा उनीहरूले तातोपानी प्रयोग गरे।बाथरूममा झ्याल थिएन। ग्यास गिजरजडित धारा थियो। नुहाउँदा दुबैले गिजर चलाएको देखिएको शर्माले बताए। बाल्टिनमा तातोपानी भेटिएको छ। झ्याल नभएको बाथरूममा गिजर चलाउँदा अक्सिजनको मात्रा कम भएपछि उनीहरू बे’होस भएको आशंका गरिएको छ।

‘अक्सिजन कम भएपछि उनीहरू बे’होस भएका हुन सक्छन्, कतिबेला बे’होस भए पत्तै भएन,’ शर्माले भने, ‘पाटन अस्पताल ल्याइपुर्‍याउँदा दुबैलाई डाक्टरले मृ’त घोषणा गरे।’ प्रारम्भिक अनुसन्धानमा गिजर प्रयोग गरेका कारण उनीहरू नि’सास्सिएको आशंका गरिएको प्रहरीको भनाइ छ।यो घ’टनापछि प्रहरीले सञ्चालिका बस्नेतलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। चार-पाँच जना सञ्चालकमध्ये उनी एक हुन्। अरू सञ्चालक देशबाहिर रहेको बुझिएको छ।

‘ढिलोसम्म ननिस्केपछि हामीलाई शंका लागेर ढोका फो’ड्दा बे’होस भेट्यौं र प्रहरीलाई खबर गरेका हौं,’ बस्नेतलाई उद्धृत गर्दै शर्माले भने ।साउना सञ्चालकले ग्राहकको सुरक्षामा ला’परबाही गरेको हुनसक्ने भएकाले नियन्त्रणमा लिइएको शर्माले बताए। ‘के-कस्तो तरिकाले चलाएको छ, त्यहाँ जाने ग्राहकको जी’उज्यानको सुरक्षाको भरपर्दो व्यवस्था गरिएको छ छैन सबै कुरा बुझ्छौं,’ उनले भने। मृ’तकको श’व पो’स्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ। म्याग्दीका आफन्तलाई बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्