विराटनगरकी ८ महिने बालिकाले जितिन् को’रोनालाई

विराटनगर १५ असार। विराटनगर स्थित कोशी अस्पताल कोभिड नाइन्टिन उपचार केन्द्रबाट सोमबार १४ जना डिस्चार्ज भएका छन् भने ७ जना नयाँ संक्रमित थपिएका छन्। विराटनगरकी ८ महिने बालिकाले को’रोना जितेर फर्किएकी छिन।

डिस्चार्ज हुनेहरुमा झापाका ६, मोरंगका ४, सुनसरीका ३ र पाँचथरका १ जना रहेका छन् । सो अस्पतालबाट डिस्चार्ज हुनेमा ८ महिने बालिका देखि ५४ वर्ष सम्मका रहेका छन् । डिस्चार्ज हुनेहरु जेठ २७ गतेदेखि असार ५ गते सम्म भर्ना भएकाहरु रहेको को भिड १९ उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले जानकारी दिनुभयो ।

सोमबार नयाँ संक्रमित थपिनेहरुमा विराटनगरका १ जना महिला, उदयपुरको ताप्लीका २ पुरुष, खोटाङ दिक्तेलका २ महिला र २ पुरुष गरेर ७ जना थपिएका सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ सय ६७ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या ३ सय ९२ पुगेको छ

प्रतिक्रिया दिनुहोस्