आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार १ सय रूपैयाँले घटेकाे नेपाली बजारमा सुनकाे मूल्य बुधबार तोलामै ५ सय रुपैयाँले बढेको छ। मंगलबार ९१ हजार २ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ हुँदा नेपाली सुनचाँदी बजारमा पनि त्यसको असर परिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार २ सयमा कारोबार भएको सुन बुधबार उकालो लाग्दै ९१ हजार ७ सय रुपैँयामा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य ९१ हजार २ सय ६५ रुपैयाँ मूल्य तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। भने चाँदीको मूल्य प्रतितोला १५ रुपैँयाले बढेर ९ सय ६० रुपैँया कायम भएको छ। छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्