श्रीमती भेट्न चीन पुगेका नेपाली चिकित्सक कोरोनाले अलपत्र

बेइजिङ, १८ माघ । चीन घुम्न आएका शल्य चिकित्सक समीर भट्टराई कोरोना भाइरसको सबै भन्दा प्रभावित क्षेत्र हुपेईमा अ’लपत्र परेका छन् । चीनले हुपेई प्रान्तको सदरमुकाम उहानलाई सिल्ड गरेपछि उनी नेपाल फर्किन नपाउने भएका हुन्। झापाको दमकस्थित लाइफलाइन अस्पतालका शल्य चिकित्सक उनी डिसेम्बर १० मा सात वर्षीया छोरी स्मारिकालाई लिएर चीन घुम्न आएका थिए।

डा. भट्टराईको फर्किने टिकट जनवरी ३० तारिखको थियो। दुई महिने भिसामा आएका उनको भिसा अवधि पनि फेब्रुअरी ९ मा सकिँदै छ। भट्टराईको फर्किने कार्यतालिका भन्दा एक साता अगाडि चीन सरकारले हुपेई प्रान्तलाई सिल्ड गरिएको छ। डा. भट्टराईकी पत्नी जानुका भुसाल उहान नजिकैको चिङ्चौ सहरस्थित याङ्चे विश्वविद्यालयमा स्त्री तथा प्रसूति रोग विषयमा एमडी गर्दै छिन्।

उनले नै जाडो बिदा पारेर पति र छोरीलाई चीन घुम्न बोलाएकी थिइन्। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ । कोरोना भाइरस नलाग्दै आफूहरुको उद्धार गर्न चीनस्थित नेपालीहरुले भनेको छन् । चीनको हुपेई प्रान्तको वुहान आसपास सहरका नेपाली विद्यार्थीहरु १० दिनदेखि कोठाभित्र थुनिएर बस्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्