सुनको मूल्य घट्यो, यस्तो छ आजको मूल्य सूची

काठमाडौं । मूल्यमा नयाँ रेकर्ड कायम गर्दै आएको सुनचाँदीको भाउ सामान्य घटेको छ। बिहीबारको तुलनामा सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ भने चाँदीको १० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्र बार (आज) का लागि छापावाल सुन प्रतितोला ९० हजार ५ सय कायम गरेको छ ।

बिहीबार तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले नै घटेको छ । शुक्रबारका लागि तेजाबी सुनको भाउ तोलाको ९० हजार ६५ तोकिएको छ। बिहीबार तोलाको ९० हजार ५ सय ६५ रुपैयाँ तोकि एको थियो ।

यसैगरी चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ। बिहीबार तोलाको ९५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रबारका लागि ९४० रुपैयाँ तोकिएको महासंघले जनाएको छ। शुक्रबारका लागि भने तोलामा ५सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँ मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्