सुन्दर सपना बोकेर जापान पुगेका १५०० नेपाली यस कारण प’क्राउ

काठमाडौं । राम्रो काम अनी त्यही खालको दाम पाइने भएको हुँदा आजको दिनमा जापान हरेक नेपालीको सपना भएको छ । अध्ययनका लागि मात्रै नभई काम गर्न पनि नेपालीहरु जापानमा जान थालेका छन् । यो बीचमा जापानमा १५०० जना नेपाली काम गरिरहेको ठाउँबाट प’क्राउ परेको खबर आएको छ । जापानको प्रहरीले छा’पा मा रेर उनीहरुलाई प’क्राउ गरेको हो ।

राजधानी टोकियो नजिकैको हाचिओजीमा काम गरिरहेका उनीहरुलाई अध्यागमन विभागको टिम सहित पुगेको प्रहरीले छापा मा रेर प क्राउ गरेको हो । ती नेपालीहरुले आफूहरुसँग भएको भिसामा गरिएको व्यवस्था उल्लंघन गर्दै अनुमति नपाएको काम गरिरहेका थिए । ती नेपाली कामदारहरुले औद्योगिक काम गरिरहेका थिए तर उनीहरुलाई दिइएको भिसामा औद्योगिक क्षेत्रमा काम गर्ने अनुमति थिएन ।

प’क्राउ परेका मध्ये धेरैजसो कुक भिसामा रहेको बुझिएको छ। सोही कम्पनीमा काम गर्ने एक नेपालीका अनुसार बुधबार बिहान कम्पनीको काम सुरु हुनै लाग्दा उनीहरु प’क्राउ परेका हुन। प’क्राउ पर्ने नेपालीहरू को–को थिए भन्ने बारे अहिलेसम्म खुलेको छैन । जनाबोलिबाट साभार

प्रतिक्रिया दिनुहोस्