खुशी भएर सिंहदरबारबाट निस्केका रामविलासहरु भोली फेरि माइतीघरको सडकमा सुत्न आउनु नपरोस !

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आगामी माघ ७ गतेभित्रै मिल मालिकहरुबाट उखु किसानहरुको भुक्तानी गराइनेबारे लिखित सहमति गर्ने प्रतिबद्धता जनाएका छन। शुक्रबार उद्योग मन्त्रालयमा भएको छलफलमा उखु किसानको दीर्घकालिन समस्या समाधानका लागि मन्त्रालयका सहसचिवको संयोजकत्वमा सरोकारबाला निकायहरु चिनी उद्योगी, किसानको प्रतिनिधि र विज्ञहरु समत रहने गरी कार्यदल गठन गर्ने समेत सहमति गरेको छ ।

नेपाल सरकारबाट उखु किसानलाई उपलब्ध गराइने अनुदान वापको रकम किसानहरुले समयमै नपाएको गु’नासोका सम्बन्धमा समय मै पर्याप्त रकम निकासको लागी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र अर्थ मन्त्रालयमा अनुरोध गरी पठाउने समेत सहमति भएको मन्त्रालयले जनाएको छ ।

उखु किसानहरुको भुक्तानी, चिनीको आपूर्ति लगायतका विषयमा कुनै समस्या वा गुनासो भए उखुकिसान र उद्योगीहरुले तत्काल जानकारी गराउन र सोको सम्बोधन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्थापन महाशाखालाई सम्पर्क महाशाखा को रुपमा तोक्ने सहमति समेत भएको छ । त्यस्तै काठमाडौंमा आइ आन्दोलनरत किसानहरुले आजैबाट गतिविधिहरु तुरुन्त स्थगित गर्ने सहमति भएको उद्योग मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी गराए ।

मन्त्री भट्टले पहल गरेपछि उद्योगीहरुले भुक्तानी शुरु गरेको सहमतिपत्रमा उल्लेख छ । १३ वटामध्ये ३ वटा चिनी मिलले किसानहरुलाई भुक्तानी दिन बाँकी रहेको छ। किसान संघर्ष समितिका सचिव हरिश्याम रायले माघ ७ गतेभित्र भुक्तानी नपाए पुनः आ’न्दोलन गर्ने चे’तावनी दिएका छन्। उनले शुक्रबार सरकार र उखु किसानबीच पाँचबुँदे सहमति भएपनि आफूहरुले तोकिएको समयमा भुक्तानी नपाए पुनः आ’न्दोलन गर्ने बताए।

उनले भने ‘हामीले माघ ७ गते सम्मका लागि मात्र आ’न्दोलन स्थगित गरेका हौँ। आफूहरुको भुक्तानी नपाए फेरि ठूलो रुपमा आ’न्दोलन गछौँ।’ किसानले सरकारलाई करिब दवाव दिन दुई सातादेखि काठमाडौँकाे माइतिघर मण्डलामा ध’र्ना दिँदै आइरहेका थिए । धर्नामा रहेका किसानको स्वास्थ्य समस्या समेत देखिएको थियाे।

प्रतिक्रिया दिनुहोस्