विद्यालयमा मास्क अनिवार्य (भिडियो सहित)

काठमाडौं । चीनमा देखिएको कोरोना भाइरसको त्रास नेपालका स्कुलहरूमा पनि फैलिएको छ । भक्तपुर, सानोठिमीमा रहेको मातृभूमि स्कुलले कोरोना भाइरसबाट बच्नका लागि विद्यार्थीलाई अनिवार्य मास्क लगाएर स्कुल आउनुपर्ने जनाएको छ । स्कुलले सबै अभिभावकलाई अनिवार्य मास्क लगाएर पठाउन निर्देशन गरेको स्कुलकी संयोजक रोजिना पौडेलले बताइन् ।

“आइतबार सबै विद्यार्थीलाई कोरोना भाइरसको बारेमा जानकारी दिएको र अभिभावकलाई कोरोना भाइरसबाट बच्न मास्क लगाएर आफ्ना बालबालिकालाई पठाउँन सूचना जारी स्कुलले गरेको थियो,” उनले भनिन्, “सोमबारबाट अनिवार्य विद्यार्थी र शिक्षकले मास्क लगाउँन सुरु गरेको हो ।” मास्क नलगाइ आएका बालबालिकाहरुलाई उक्त दिन स्कुलले नै माक्सको व्यवस्था गरिदिएको छ ।

स्कुलका कक्षा ४ मा अध्ययनरत एक विद्यार्थीले चीनमा देखिएको कारोना भाइरस नेपाल फैलने जोखिम रहेको पत्रपत्रिकाबाट थाहा पाएको बताए। उनले भने, “यो भाइरस चीनबाछ आएका मानिसबाट अन्य मानिसमा स्वासप्रश्वासको माध्यमबाट सर्ने अनलाइन र पत्र पत्रिकाबाट थाहा पाएको हो र मास्क र सेनेटराइजरको प्रयोग गरेर र हात धोएर मात्र खानेकुरा खाएमा बच्न सकिने रहेछ ।” भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्