कोरोना भाइरस : चिनियाँको श’व सडकमै भेटिन थाल्यो

एजेन्सी : कोरोना भाइरसबाट मर्ने चिनियाँको श’व सडकमै भेटिन थालेको छ। कोरोना भाइरस फैलिएको वुहान सहरका सडकमै मानिसको श’व भेटिन थालेको हो। वुहानको सडकमा कोरोना संक्र’मणकै कारण मृ’त्यु भएको आशंका गरि एका एक व्यक्तिको श’व बिहीबार भेटिएको एएफपीले जनाएको छ। मृ’त फेला परेका मानिसको हातमा प्लास्टिकको झोला छ।

मृ’तकको उमेर करिब ६० वर्ष जस्तो देखिने पनि एएफपीले जनाएको छ। ती व्यक्तिको मृ’त्यु कोरोना भाइसरकै कारण भएको हुन सक्ने आशंका गरिएको छ। बिकसित मुलुकलाई संक्रमण रोक्न विभिन्न संयन्त्र परिचालन हुँदा पनि रोकथाम हुन नसकिरहँदा नेपाल मा फैलिए भयावह स्थिति उत्पन्न हुने भन्दै सर्वसाधारण पनि त्रासमा छन् । कोरोना भाइरसबाट बच्न हाल विभिन्न प्रकारका माक्स प्रयोग गर्ने गरेको पाइएको छ ।

तर, भाइरसको संक्र’मणबाट बच्न प्रतिरोधी विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको ‘एन नाइण्टी फाइभ मास्क’ उपयुक्त हुने विज्ञको तर्क छ । चिकित्सकका अनुसार रुघाखोकी लाग्ने बित्ति कै कोरोना भाइरस परीक्षण गर्नु पर्दैन । तर, यदि अत्याधिक ज्वरो आएमा वा श्वास प्रश्वासमा समस्या हुनुका साथै जोर्नी दुखेमा जाँच गराउनु पर्दछ । कोरोना भाइरसबाट बच्न सरसफाईमा ध्यान दिनुका साथै भिडभाडमा नजान समेत चिकत्सकको सुझाब छ ।

प्रतिक्रिया दिनुहोस्