‘प्रचण्डले गुट चलाए’ – प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले पार्टीमा गुटबन्दी झाङ्गिएको भन्दै आपत्ति प्रकट गरेका छन्। थापाले संघीय प्रादेशिक र स्थानीय सरकारहरुले जवाफदेही रूपले कार्य सम्पादन र परिणाम मुखी काम नगरेको स्वीकार्दै सरकारको काममा पार्टीको भविष्य निर्भर रहेको उल्लेख गरे ।

गत बुधबारदेखि जारी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक समुह छलफलको क्रममा अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन माथि शुक्रबार प्रधानमन्त्री तथा अध्यक्ष केपीशर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई २९ बुँदे लिखित सुझाव पेश गर्दै उनले आपत्ति जनाएका हुन्।

‘पार्टीमा गुटबन्दी फस्टाएको, अनुशासनहीनता, अराजकता प्रदर्शन र स्वार्थ प्रेरित बैठकहरु किन भएका छन् ?’ थापाले २३ पुसमा बामदेव गौतम निवास भैँसेपाटीमा प्रचण्डले गरेको भेला प्रति सङ्केत गर्दै भनेका छन, ‘भैँसेपाटी, खुमलटार वा अन्यत्र यस्ता बैठक किन भइरहेका छन् ? मूल नेतृत्वलाई घेराबन्दी र असफल पार्ने गरी अनुचित क्रियाकलापहरू गरिनु हुँदैन।’

प्रतिक्रिया दिनुहोस्