चीनबाट नेपाली विद्यार्थीको गुहार, ‘हामी टु’हुरा जस्तै भयौँ, सरकारले वास्ता गरेन’ !

बिबिसी : चीनको वुहान सहरबाट सुरु भएर विभिन्न देशमा फैलिएको नयाँ कोरोना भाइरसका कारण विश्व स्वास्थ्य सङ्गठनले विश्व व्यापी स्वास्थ्य स’ङ्कट घो’षणा गरेका बेला वुहानमा रहेका नेपाली विद्यार्थी हरूले आफूहरूले “टु’हुरो महसुस गरेको” बताएका छन्। वुहानबाट बीबीसीको सम्पर्कमा आएका नेपाली विद्यार्थीहरूले नेपाल सरकारले हालसम्म आफूहरूको उ’द्धारका लागि कुनै कदम नचालेको र आफूहरू अ’लपत्र परेको भन्दै नि’राशा व्यक्त गरेका छन्।

वुहानस्थित ह्वाङ्जुङ यूनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलजी (हस्ट)मा इन्जिनीयरिङमा स्नातकोत्तर गरिरहेका नेपाली विद्यार्थी सम्पत न्यौपानेले भने “हामी शारीरिक रूपमा सु’रक्षित छौँ, तर आफ्नै कोठावरपर भएका साथीहरू गइसके।” “सुरुमा अमेरिका र फ्रान्स ले उनीहरूका नागरिक लग्दा हामीलाई ड’ब्ल्यूएचओको भन्दा उच्च मा’पदण्ड भएका देशले मात्र उ’द्धार गरेका हुन् जस्तो लागेको थियो,” उनी भन्छन्, “तर अहिले भारत, बाङ्ग्लादेश, श्रीलङ्काजस्ता देशले पनि लान थाले।”

आफ्नै छात्रावासमा बस्ने अन्य देशका विद्यार्थी स्वदेश फर्केपछि नेपालीहरू च’रम मा’नसिक त’नावमा परेको न्यौपानेले बताए। उनले भने, “बेइजिङस्थित नेपाली राजदूतज्यूसँग हाम्रो कुराकानी भएको थियो। उहाँ अभिभावकत्व लिन्छु भन्नुहुन्छ, तर हामीलाई यहाँ टु हुरा बच्चाजस्तो महसुस भइरहेको छ।” “हामीलाई चाँडो भन्दा चाँडो नेपालमा लगेर आ’इसोलेशन गरेर राखियोस्।”

सोही विश्वविद्यालयमा बा’योकेमिस्ट्रीमा विद्यावारिधि गर्दै गरेका सरोज खनाल पनि नेपालका छिमेकी मुलुक र नेपालजस्तै गरिब भनिएका देशले पनि आफ्ना नागरिकलाई उ’द्धार गर्दा नेपालले बे’वास्ता गर्दा मा’निसक त’नाव उत्पन्न भएको बताए। “हामीले चीन सर कारले बस्न र खान दिएन भनेर त भनेकै होइनौँ नि! तर कम्तीमा सरकारले हाम्रो कुरा सुनोस् र हामीलाई नेपालमा लगेर आ’इसोलेशनमा राखोस् भन्ने चाहेका हौँ,” उनले भने, “त्यस्तो गरे कम्तीमा हामीलाई मा’नसिक त’नाव कम त हुन्थ्यो।”

प्रतिक्रिया दिनुहोस्