ठाेरीमा नेपालीले यसरी गरे भारतकाे प्रतिकार (भिडियाे सहित)

पर्सा । ह’तियार सहित दशगजामा पसेकाे भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली भूमिमा छाप्राे बनाउन खाजे पछि ठाेरीका नेपालीले प्र’तिकार गरेका छन् । एसएसबीले पर्साकाे ठाेरी गाउँ पालिका वडा नम्बर-२ स्थित सीता गुफा माथि छाप्राे बनाउन खाेज्दा स्थानीयले प्र’तिकार गरेका हुन‍् । ह’तियार सहित भारतीय सिमा सुरक्षा बल आएको सो स्थानमा नेपालकाे सशस्त्र प्रहरी बिना ह’तियार पुगेका थिए ।

शनिबार साँझ हा’तहतियार सहित पसेका एसएसबी र भारतीयकाे एक टाेलीले सीता गुफा माथि रहेकाे नेपाल-भारत सीमा जंगे पिलर भत्काएका थिए । पिलर भ’त्काइएकाेमा प्रतिकार गर्न ठाेरीबाट सयाैँ संख्यामा स्थानीय पुगेका थिए । स्थानीयकै अगाडि एएसबीले अनुसन्धान गर्ने भन्दै छाप्राे बनाउन नेपाली भूमि खन्‍न थालेपछि स्थानीयले राेकेका छन‍् ।

स्थानीयबासीका अनुसार भारतीय पक्षले सीता गुफा क’ब्जा गर्ने प्रयास पहिले देखि नै गर्दै अ‌ाइरहेकाे थियाे । नेपालले राम जन्मभूमि दाबी गरेपछि भारतीय पक्षले अ‌ाज जंगे पिलर नै भ’त्काएका हुन् । यसरी गरे नेपालीले प्र’तिकार हेर्नुस‍् भिडियाेमा.. भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्