पशुपति शर्माले नेताकै अगाडि भने “लुट्न सके लुट” (भिडियो सहित)

तुलसीपुर : दाङको तुलसीपुरमा जारी ‘तुलसीपुर महोत्सव २०७६’ आज ९ औँ दिनसम्म आइपुगेको छ। महोत्सवमा विभिन्न कलाकारहरुले प्रस्तुति दिँदै पनि आएका छन। यसै बीच, महोत्सवको चौथो दिन लोक दोहोरी गायक पशुपति शर्माले आफ्नो प्रस्तुति दिएका थिए। गायक शर्माले दर्शकलाई उफारी उफारी नचाएका पनि थिए।

प्राय सामाजिक यथार्थलाई व्यंग्य तरिकाले गीतमा प्रस्तुत गर्ने शर्माले महोत्सवमा नेताकै अगाडि व्यङ्ग्य गरेका थिए। उनले एक वर्ष अगाडि आएको आफ्नो गीत “लुट्न सके लुट” महोत्सवमा उपस्थित नेताकै अगाडि गाएर दर्शलाई सुनाएका थिए । उनले गीत मात्रै होइन नेताकै अगाडि हाम्रो देश बेच्न पाइँदैन, नेपाली धर्ती मातालाई लुट्न पाइँदैन भनेर दर्शकसंगै आवाज मिसाएका थिए।

देशको समसामयिक अनि यथार्थ पनलाई व्यङ्ग्य गरिएको उनको “लुटन सके लुट” गीत यु’टुबबाट हटाइएको थियो। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका युवाहरु र सरकारका अधिकारीको दबाबमा यु’ट्युबबाट हटाउन बाध्य पारिएको थियो। भिडियो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्