सुनको भाउमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

काठमाण्डौ – सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको ९४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको हो ।

यस्तै चाँदीको भाउ आज तोलामा १० रुपैयाँ बढेर तोलाको १ हजार १ सय ४५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महा सङ्घले जनाएको छ । को’रोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र खराब अवस्थामा गइरहेकाले लगानी सुरक्षित गर्नका लागि सुन चाँदीमा आकर्षित हुँदा भाउ महँगो भएको महासङ्घ अन्तर्गतको सुनचाँदीको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभएको छ ।

बुधबार तोलामै ९४ हजार पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज पनि ५ सयले बढेर हालसम्म कै उच्च भएको हो । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ६५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्