हेर्नुहोस आजको राशिफल : वि.सं.२०७७ साल साउन ०९ गते । शुक्रबार ।

ज्योतिषि गणेश काफ्ले । वि.सं.२०७७ साल साउन ०९ गते । शुक्रबार । ईश्वी सन् २०२० जुलाई २४ तारिख । नेपाल संवत् ११४०। प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– चतुर्थी,२७ घडी ३८ पला,बेलुकी ०४ बजेर २६ मिनेट उप्रान्त पंचमी । नक्षत्र– पूर्वाफाल्गुनी,३३ घडी १४ पला,बेलुकी ०६ बजेर ४८ मिनेट उप्रान्त उत्तरफाल्गुनी ।

योग–वरियान,१६ घडी ५६ पला,दिउसो १२ बजेर १० मिनेट उप्रान्त परिध । करण–वणिज,बिहान ०५ बजेर ३० मिनेट उप्रान्त भद्रा, बेलुकी ०४ बजेर २६ मिनेट उप्रान्त बव । आनन्दादिमा– सिद्धि योग । चन्द्रराशि–सिंह,रातको १२ बजेर १९ मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय ०५ बजेर २३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५५ मिनेट । दिनमान ३३ घडी ५० पला ।

मेष : विभिन्न समस्याको फेस गर्नु पर्दा मानशिक तनाब बढ्नेछ भने खुलेर काम गर्ने वातावरण नहुँदा आर्थिक क्षेत्र धरासाहि हुन सक्छ सचेत रहनु होला । सुधारात्मक क्षेत्रमा गरिएको लगानी त्यसै खेर जाने छ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा अलि बढी समय दिए सकारात्मक नतिजा निकाल्न सकिनेछ । प्रेम गर्ने जोडिहरु आज टाढै बस्नु उचित छ माया प्रेममा धोका हुन सक्छ । खानपानमा ध्यान दिनुहोला सामान्य पेट सम्बन्धि समस्या आउन सक्छ ।

बृष : आमा,आफन्त तथा सहयोगीबाट भनेजस्तो सपोर्ट पाइने हुँदा मन प्रशन्न रहनेछ । घर जग्गा तथा सवारी साधन जोड्न सकिने छ । समाजमा जनताको काम गर्दा पद प्रतिष्ठा कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । जीवन साथीले हर क्षेत्रमा सहयोग गर्ने तथा माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । अध्ययनमा अलि बढि समय दिन सक्दा प्रगति गर्न सकिनेछ ।

मिथुन : सानो प्रयत्नले राम्रो काम गरि फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धिहरु परास्त हुने छन् । माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरु बन्ने छन् । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकिहरु माझ राम्रो कामगरी प्रशिद्धि कमाउन सकिनेछ ।

कर्कट : कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउँनेछ । आफन्तबाट भनेजस्तो सहायोग पाईने हुँदा काम गर्न सहज हुने छ । खोज तथा अनुशन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउँने हुनाले मन प्रशन्न हुने छ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पछि सम्म आम्दानि हुने व्यावसायमा लगानि बढाउन सकिनेछ ।

सिंह : समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुनेछ । व्यावसायमा लगानी गरेपनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुने छ। माया प्रेममा अवि’श्वास सिर्जना हुने तथा परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ । विद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । अवसरहरुको सदुपयोग गर्न नसक्दा विभिन्न फाइदा जनक कामहरु अरुकै पोल्टोमा पर्नेछ ।

कन्या : धा’र्मिक तथा सामाजिक काममा सक्रिय रहँदा रहँदै दिन बित्नेछ । आर्थिक अवस्था सुदृढ बनाउन गरिएका पेशा व्यवसाय स्वत स्फुर्त रुपमा सञ्चालन हुने हुँदा दैनिक खर्च सजिलै धान्न सकिनेछ भने केही रकम बचत गर्न सकिने छ । पढाइ लेखाइमा अलि बढी समय खर्चिने हो भने नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा एक अर्काला बुझ्न समय लागेपनि सम्बन्ध प्रगाड हुनेछ । विदेश यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहररुका लागि दिन प्रभावकारी रहनेछ ।

तुला : समय मध्ययम रहेकोले व्यापारमा लगानी गर्नको लागि केही समय पर्खनु नै राम्रो हुनेछ। दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग नहुने हुनाले काम गर्न नसकेजस्तो हुनेछ । सत्रु, मुद्दा मामिला तथा अन्य झन्झटबाट मुक्ति मिल्ने समय नरहेकोले ख्याल गर्नुहोला । माया प्रेममा मनमुटाव बढ्न सक्छ । सवारी साधन तथा अन्य भौतिक सम्पतिहरु प्रयोग गर्दा ध्यान दिनुहोला । पढाइ लेखाइ तपाईँ आफ्नै कमजोरिले बिग्रनेछ ।

बृश्चिक : कर्म भावमा गोचर गर्ने चन्द्रमाले सकारात्मक सोचको विकास हुनेछ भने नयाँ प्रबिधिको प्रयोग गरि समय अनुसार अपडेट होइने छ । व्यापार व्यवसायमा नयाँ प्रयोग गरि मनग्गे आम्दानी गर्न सकिने छ । कामको खाजिमा हुनेहरुले नया काम पाउने तथा गरिरहनेहरु बढुवा हुन सक्ने योग रहेकोछ । प्रेममा नजिक हुने समय रहेकोछ भने घर परिवारमा सबैको सल्लाह सुझाव पाइने हुनाले मन प्रशन्न रहनेछ ।

धनु : समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ। सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ। पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । सरकारि तथा प्रशासनिक कामहरु गर्दा ध्यान दिनुहोला द’ण्ड ज’रिवाना तिर्नुपर्ने हुन सक्छ ।

मकर : पुराना लगानी गरिएका रकमहरु अन्य क्षेत्रमा लगानी गर्ने बाटो खुल्नेछ । माया प्रेममा एक अर्कालाई केही समय शंका तथा अबिश्वास गरेपनि अन्तत विश्वास गर्दै अगाडि बढ्न सकिनेछ। व्यापार व्यवसाय फस्टाएर जानेछ भने समाज सेवामा पनि समय खर्च हुनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ भने विदेशमा बसेर प्राविधिक शिक्षा अध्ध्ययन गर्दै हुनुहुन्छ भने समय फलदायि रहेकोछ ।

कुम्भ : विभिन्न कारणले पढाइ लेखाइ प्रभावित हुनेछ । एकल तथा साझेदारि व्यवसायमा लगानि नगर्नु नै राम्रो रहेकोछ । लगानी गर्दा साझेदार हरुबीच म’तभेद बढ्नेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । भौतिक सम्पति तथा विलाशी बस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्ना घट्न सक्छ । माया प्रेममा नजिक हुँदा विवाद हुने तथा दाम्पत्य जीवनमा चिसो पनको विकास हुनेछ ।

मीन : व्यवसायमा प्रशस्त आम्दानी हुने तथा पुराना कारोबारहरुलाई सल्टाउने समय रहेकोछ । सत्रुले दुख दिन खोजे पनि अन्तत उनिहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । आफन्त तथा मावलि पक्षबाट सहयोगको अपेक्षा गर्न सकिने छ । विवाद तथा न्यायिक निर्णयहरुबाट हुने सुनुवाई तपाईँकै पक्षमा हुने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा प्रतिद्धन्द्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्