उत्तर कोरियामा मास्क नलगाए तीन महिना श्रम कैद बस्नुपर्ने

एजेन्सी : आफ्नो देशमा अहिलेसम्म को’रोना भाइरस प्रवेश नगरेको बताइरहेको उत्तर कोरियाले मास्क लगाउन अनिवार्य गरेको छ । कठोर कानुन भएको उत्तर कोरियाले मास्क नलगाएमा तीन महिना श्रम कै’द स’जाय तोकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् । यदि कोही मास्क नलगाइ सार्वजनिक ठाउँमा निस्किएमा उसलाई पक्राउ गरेर तीन महिना श्रम कैद राख्ने व्यवस्था गरेको डेलीमेलले जनाएको छ ।

मास्क लगाए/नलगाएको हेर्नको लागि विद्यार्थीहरुको टोली खटाउने तयारी थालेको पनि खबरमा उल्लेख छ। उत्तर कोरियाले यसअघि नै समूहमा बस्न रोक लगाउँदै सीमा क्षेत्रका मानिसहरु अरुभन्दा अलग बस्नुपर्ने नियम लागू गरिसकेको छ । कोरोना प्रभावित चीन र दक्षिण कोरियाको सीमामा रहेको उत्तर कोरियाले आफूलाई कोरोनामुक्त क्षेत्र घोषणा गरेको छ ।

तर अरु देशले सूचनामा निकै कडाइ गर्ने उत्तर कोरियाले सूचना लुकाएको वा परीक्षण नै नगरेको बताइ रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार उत्तर कोरियामा अहिले सम्म नौ सय २२ जनाको परीक्षण गरिएकाेमा कसैमा पनि स’ङ्क्रमण देखिएको छैन ।

विश्वका दुई सय १३ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म एक करोड ५६ लाख ६६ हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा ६ लाख ३६ हजार सात सयभन्दा धेरैको ज्यान गएकाे छ । त्यस्तै ९५ लाख ५४ हजार आठ सय भन्दा धेरै उपचारपछि निको भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी महामारी घोषणा गरेको यो भाइरस विश्वका सीमित ठाउँमा मात्र पुग्न बाँकी रहेको सङ्गठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्