लोकल रक्सी र गाँजा बेचेर ‘नेपाललाई धनी बनाउने’ अभियानमा सांसद दम्पती (भिडियो सहित)

काठमाडौं : गत फागुन १९ गते नेकपा सांसद शेरबहादुर तामाङले गाँ’जा खेतीलाई वै’धानिकता दिने व्यवस्था सहितको विधेयक संसदमा दर्ता गराए । ‘गाँ’जा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता गराउँदै तामाङले भनेका थिए, ‘गाँजामा औषधीय गुण रहेकाले यसको खेतीलाई व्यावसायिक बनाउनु पर्छ।’

उनको भनाइ छ, ‘गाँजा खेतीले कानुनी मान्यता पायो भने किसान धनी हुनेछन्। योनै नेपालीलाई धनी बनाउने अचुक उपाय हो।’ सांसद तामाङले दर्ता गराएको गैरसरकारी विधेयक अगाडि बढेको छैन। यहीबीचमा अर्को एउटा अभियान सुरु भएको छ– ‘लोकल रक्सीलाई ब्यान्ड होइन, ब्रान्ड बनाऔं।’ यसको थालनी गरेकी हुन्, प्रदेश १ की सांसद उषाकला राईले।

सांसद राई र तामाङ दम्पती हुन्। उनीहरु अहिले एक साथ फरकफरक अभियानमा लागेका छन्। अभियान फरक भए पनि त्यसको उदेश्य भने एउटै छ। गाँजा खेती कानुनी रुपमा प्रतिबन्धित छ। घरमा उत्पादन हुने मदिरा पनि बेचबिखनमा प्रतिबन्ध छ । कसैले गाँजा खेती गरेको पाइए प्रहरीले नष्ट गरिदिन्छ। खेती गर्नेलाई का’रबाही हुन्छ। घरेलु म’दिरा पनि बेचबिखन गरेको पाइए म’दिरा नष्ट गरिन्छ, बिक्रिवितरणमा संलग्न कारबाहीमा पर्छन्।

यो व्यवस्थालाई उल्ट्याएर गाँजा खेती र घरेलु म’दिराको बिक्री खुलाएर नेपाललाई धनी बनाउने अभियानमा छन् सांसद दम्पती । शेरबहादुरले सुरु गरेको अभियान किनारामा नपुग्दै उषाकलाले घरेलु म’दिरालाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने अभियान सुरु गरेकी हुन्। भिडीयो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्