सुनको मूल्य हाल सम्मकै उच्च

काठमाडौं : आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार तीन सय पुगेर हालसम्मकै उच्च रेकर्ड कायम भएको छ। शुक्रबार प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको सुन पाँच सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो। यस अघि सुनको उच्च मूल्य शुक्रबार थियो। आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार चाँदीको मूल्य ११ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। पछिल्लो सातादेखि चाँदीको मूल्य पनि बढिरहेको छ। आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔंस १९सय १ अमेरिकी डलरमा कारोबार भइरहेको छ। सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

को’रोना भाइरसको सङ्क्रमणका कारण विश्वकै अर्थतन्त्र बिग्रिँदै गएको तथा ठूला देशबीच तनाव बढ्दै गएकाले लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ महँगो हुँदै गएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनु भयो । कोरो नाको सङ्क्रमण बढ्दै गएपछि नै सुनको भाउ बढ्न थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्