शंकास्पद को’रोना संक्रमित भेटिएपछि किमले गरे यस्तो घोषणा !

एजेन्सी : दक्षिण कोरियाबाट आएका एक व्यक्तिमा को’रोना हुन सक्ने भन्दै उत्तर कोरियाले सीमा क्षेत्रको एक शहरमा आपतकालीन अवस्था घोषणा गरेको छ। अ’वैध तरिकाबाट सीमा पार गरेका व्यक्ति संक्रमित हुन सक्ने भन्दै नेता किम जोङ उनले केसोङ सहरमा लकडाउन तथा आपतकालीन अवस्थाको घोषणा गरेको उत्तर कोरियाको सरकारी समाचार संस्थालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

क्रु’र भाइरस देशमा छिरेको हुनसक्ने भन्दै किमले आपतकालीन रूपमा पार्टी पोलिटब्युरोको बैठक समेत डाकेका छन्। ती व्यक्तिमा को’रोना भाइरसको संक्रमण पुष्टि भए उनी उत्तर कोरियाको पहिलो आधिकारिक संक्रमित हुनेछन्। तीनवर्ष अघि उत्तरबाट दक्षिण कोरिया भागेका उनी यही जुलाई १९ मा सीमा नजिकको केसोङ शहरमा भेटिएका थिए। उनमा को’रोना भाइरससँग मिल्दो जुल्दो लक्षण देखिएको उत्तर कोरियाली समाचार संस्था केसिएनएले जनाएको छ।

ती व्यक्तिको को’रोना भाइरसको परीक्षण गरिएको छ वा छैन भन्ने खुलाइएको छैन। उनको नाक, मुख, घाँटीको श्वाव र रगतको मेडिकल जाँचबाट भने को’रोना भाइरसको टुंगो नलागेको समाचारमा जनाइएको छ। को’रोना भारइरस पहिलो पटक देखिएको चीन र पछिल्लो समय धेरै संक्रमित देखिएको रूससँग उत्तर कोरियाले सीमा बन्द गरिदिएको छ। अहिलेसम्म उत्तर कोरिया को’रोना भाइरसमुक्त रहेको त्यहाँका अधिकारीहरूले दाबी गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्