रंगशालामा धनधान्याचलः मह जोडी सहित २२ खेलाडीले उद्घाटन गर्ने

चितवन: चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग जुटाउन आज (आइतबार) देखी धनधान्याचल महोत्सव शुरु हुँदैछ। २६ गतेसम्म चल्ने धनधान्याचल महोत्सवको २२ बिधाका २२ जनाख्याती प्राप्त खेलाडीहरुले एक साथ उद्घाटन गर्ने मुलआयोजक समिति संयोजक सांसद बिजय सुबेदीले जानकारी दिए ।

उद्घाटन समारोहलाई भव्य बनाउन मह जोडीको रुपमा चर्चित हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यको बिशेष उपस्थिती रहने सुवेदीले बताए । मह जोडीले दीप प्रज्वलन गरेर उद्घाटन गर्न उनले बताए । उद्घाटन दिउँसो २ बजे हुनेछ । त्यस अघी बिहान झाँकीसहितको वृहत शोभायात्रा निकालिने उनले जानकारी दिए । बिहान ११ बजे मंगलपुर बजारबाट शुरु हुने शोभायात्रा गाबिसचोक हुँदै रंगशाला स्थित धनधान्याचल महोत्सव परिसरमा पुग्ने उनले बताए ।

आफ्नो संघ संस्थाको ब्यानरसहित शोभायात्रामा उपस्थित हुने सुबेदीले सबैलाई आग्रह गरेका छन् । यसैबीच आजदेखी शुरु हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको मुल आयोजक समितिका महासचिव दिनेश कुमार चुकेले जानकारी दिएका छन् । जनस्तरको सह योगबाट निर्माण गर्न लागिएको रंगशालालाई थपआर्थिक सहयोग जुटाउन र क्रिकेट रंगशाला निर्माणमा सबैलाई अपनत्व हुने गरी माहोल बनाउन महोत्सव आयोजना गर्न लागिएको हो ।

पण्डित दीनबन्धु पोखरेलबाट वाचनहुने श्रीमद्भागवत माहापुराणमा भजन किर्तनका साथमा विविध धर्मका आध्यामिक प्रवचन, सामाजिक, सांस्कृतिक मनोरञ्जानात्मक कार्यक्रम समेत हुनेछ । महोत्सवलाई सफल पार्न १ हजार १ सय ११ सदस्यीय मुल समारोह समिति, सो समिति मातहत ५९ वटा विभिन्न उपसिमित र २ सय ८३ सदस्यीय सचिवालय गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्