भारतले नेपाललाई दिने अनुदान घटायो, दक्षिण एशियाका अन्य मुलुकलाई बढायो

नयाँ दिल्ली : भारत सरकारले नेपाललाई दिदैँ आएको अनुदान सहयोग घटाएको छ । शनिबार भारत सरकारका केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणले प्रस्तुत गरेको आर्थिक वर्ष २०२०/२१ को बजेटमा छिमेकी मुलुकहरुलाई दिइने अनुदान सहयोग शीर्षक अन्तर्गत नेपाललाई दिइने रकम घटाइएको हो। गत वर्षको तुलनामा आर्थिक वर्ष २०२०/२१ मा ४ अर्ब घटाएर यो रकम ८ अर्ब पुर्‍याइएको छ ।

गत वर्ष सो रकम १२ अर्ब रहेको थियो। दक्षिण एशियाली मुलुकहरु मध्ये नेपाललाइ दिइने रकम सबैभन्दा बढि घटाइएको हो । नेपाललाइ दिने सहयोग तीन वर्षदेखि लगातार बढाउँदै आएको भारत सरकारले यो वर्ष सहयोग ह्वात्तै घटाएको छ। सो सहयोग घटाउनु का पछाडि विभिन्न कारणहरु रहको विश्लेषण गरिएको छ। आजको अन्नपुर्ण पोस्टमा छ ।

तुलनात्मक रुपमा भारतले दिँदै आएको अनुदान सहयोगमा निर्माण सम्पन्न भएका तथा निर्माणा धिन परियोजनाहरुको प्रगतिको तुलनामा द्धिपक्षिय सम्झौतामार्फत भएका अन्य लगानीका परियोजनाहरुमा उत्साह जनक प्रगति देखिएको भारतीय पक्षको बुझाइ रहेको छ। अर्कोतर्फ अनुदान सहयोगमा निर्माण गरिएका परियोजनाहरुमा वित्तिय पारदर्शीताको अभाव पनि भारतीय पक्षलाई खटकिएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्