वीरगन्जमा को’रोना जितेर १८ जना घर फर्किए

वीरगन्ज: वीरगन्जको कोभिड अस्पतालबाट शुक्रबार राति १८ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन्। कोभिड अस्पतालमा उपचाररत ६२ मध्ये शुक्रबार राति १८ जना डिस्चार्ज भएका अस्पतालका कोर्डिनेटेर डाक्टर उदयनारायण सिंह ले जानकारी दिए।

कोभिड अस्पतालमा ल्याएर राखिएपछि दोश्रो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्यमा पनि कुनै समस्या नदेखिए पछि १५ पुरुष र ३ महिला गरी १८ जनालाई डिस्चार्ज गरीएको डाक्टर सिंहले बताए । शुक्रबार राति डिस्चार्ज गरिएकामा १ जना निमो निया भएका संक्रमित पनि छन्। निमोनियाको समस्या समेत रहेका वीरगन्ज ५ का ४७ वर्षीय पुरुषलाई संक्रमण पु्ष्टि भएपछि १० दिन पहिले उनलाई कोभिड अस्पतालमा ल्याएर राखिएको थियो।

१० दिनसम्म चलेको उपचारपछि निमोनिया पनि निको भएको र पीसीआर रिपोर्ट पनि नेगेटिभ आए पछि शुक्रबार राति उनलाई पनि डिस्चार्ज गरिएको कोभिड अस्पतालका चिकित्सक डाक्टर निरज सिंहले बताए । यस्तै शुक्रबार राति मारुती फार्मास्यूटिकल प्रालिका प्रबन्धक सहित ८ जना पनि निको भएर डिस्चार्ज भएका छन्। यसअघि गत साउन १५ मा २ जना र साउन १३ मा ५ जना निको भइ कोभिड अस्पतालबाट डिस्चार्ज भएका थिए । शुक्रबार राति १८ जना डिस्चार्ज भएपछि कोभिड अस्पतालमा अब ४४ जना मात्र संक्रमित छन्। तीमध्ये गम्भीर अवस्थाका ४ जनालाई भने आइसियुमा राखेर उपचार गरिरहेको डाक्टर सिंहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्