नेपालले चीनलाई पठायो १२ हजार मास्क

काठमाडौं: नेपालले चीनलाई १२ हजार थान मास्क पठाएको छ। हाल नोवल कोरोना भाइरस फैलिएका कारण सुरक्षाका लागि चीनमा मास्कको माग बढ्दो छ। यसकारण ‘नेपाल चाइना च्याम्बर अफ कमर्स एन्ड इन्डष्ट्री’ले चाइनाको तिब्बेत च्याम्बर अफ बोर्डर ट्रेडलाई सहयोग स्वरुप १२ हजार थान मास्क पठाएको हो।

चिनियाँ प्रान्त तिब्बतमा भाइरस फै’लिएमा नेपालमा समेत फैलन सक्ने सम्भावना रहेको भन्दै इन्डष्ट्रीले उक्त सहयोग गरेको बताएको छ । चिनियाँ चेम्बरसँग संघले २०१४ मा एक समझदारी पत्रमा हस्ताक्षर गरी विभिन्न आर्थिक, व्यापारिक, पर्यटन, लगानी आदिको प्रवद्र्धनका लागि सहकार्य गर्दै आइरहेको छ।

नेपालसँग सीमा जोडिएको चिनियाँ प्रान्त तिब्बतमा भा’इरस फैलिएमा नेपालमा समेत फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गरी नेपाल– चाइना चेम्बर अफ कमर्स नेपालकाे तर्फबाट १२ हजार थान मास्क प्रदान गरेको सो संस्थाका महा सचिव विवेक पौडेलले विज्ञप्ति मार्फत जानकारी दिएका छन् । सो मास्क चाइना–तिब्बत चेम्बर अफ वार्डर ट्रेडलाई हस्तान्तरण गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्