प्रतिविकेट ८ हजार ८४८ रुपैयाँ गौतम बुद्ध रंगशालालाई सहयोग गर्ने सन्दीपको घोषणा

काठमाडौं : धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि नेपाली राष्ट्रिय टिमका स्टार बलर सन्दीप लामिछानेले सहयोग रकम घोषणा गरेका छन्। सन्दीपले आगामी माघ २२ गते देखि अमेरिका र ओमानविरुद्ध हुने त्रिकोणात्मक एकदिवसीय सिरिजमा आफूले लिने प्रत्येक विकेटमा सहयोग गर्ने भएका छन्।

सन्दीपले अमेरिका र ओमानविरुद्ध हुने खेलमा आफूले लिने एक विकेटको ८ हजार ८ सय ४८ रुपैयाँ सहयोग गर्ने बताएका हुन्। कीर्तिपुरस्थित त्रिवि मैदान हुने सिरिजमा नेपालले अमेरिका र ओमानसँग २-२ एक दिवसीय खेल गरी ४ खेल खेल्दैछ । नेपालले एक दिवसीय मान्यता पाएपछि पहिलो पटक घरेलु मैदानमा खेल्न लागेको हो।

आइसिसी विश्वकप २०२३ को छनोट अन्तर्गतको आइसिसी विश्वकप लिग-२ मा नेपालले आफ्नो पहिलो सिरिज खेल्न लागेको थियो। सन्दीपले निर्माणाधीण गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्ने घोषणा गरेका हुन् । उनले धुर्मुस र सुन्तलीको परियो जना चाँडै पुरा हुने ट्वी’ट मार्फत् विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्