सुन र चाँदीकै भाउमा नयाँ रेकर्ड

काठमाण्डौ- को’रोनाको सङ्क्रमण बढेदेखि नै दैनिक कीर्तिमान बनाइरहेको सुनको भाउले आज अर्को रेकर्ड बनाएको छ। सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेर तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एकलाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता आकर्षित भएको तर उत्पादन कम भएको तथा ठूला देशबीच द्वन्द्व बढ्दै गएकाले सुनको भाउ लगातार उकालो लागेको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनु भयो ।

यस्तै चाँदीको भाउले पनि आज रेकर्ड बनाएको छ । चाँदी आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ । यस अघि २०६८ साल वैशाख १६ गते चाँदीको भाउ अहिले सम्म कै महँगो तोलाको १३ सय ५० रुपैयाँमा कारो’बार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्