चितवन मेडिकल कलेजमा जन्मियो ५ केजीको बच्चा

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्प तालले जनाएको छ ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाका अनुसार उच्च र’क्तचाप र बच्चा ठूलो भएका कारण हेटौँडा अस्पतालबाट उपचारका लागि आइतबार साँझ चितवन मेडिकल कलेज पठाइएको थियो । लोप्चनले आज बिहान ९ बजे छोरी ज’न्माएकी हुन् । आमा ११२ किलो भएका कारणसमेत शल्यक्रियामा समस्या आउनसक्ने भएकाले लोप्चनलाई चितवन पठाइएको उनले बताए ।

भरतपुर अस्पतालका स्त्री रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाले सामान्यतया बच्चाको तौल दुई किलो ५०० ग्रामदेखि तीन किलो ५०० ग्रामसम्म हुने बताउनुभयो । चार किलोभन्दा माथि तौल भएमा आमामा केही समस्या हुनसक्ने उनको भनाइ छ । लोप्चनको डा बन्दना खनाल, डा प्रेक्षा सिंह, डा वसन्त शर्मा, डा इन्द्रनारायण श्रेष्ठ, डा मेनुका ताम्राकार सहितको टोलीले श’ल्यक्रिया मार्फत बच्चा निकालेको हो ।

अहिले आमा र बच्चा दुबैको अवस्था सामान्य रहेको कलेजले जनाएको छ । तेस्रो सन्तानको जन्म दिएकी सिताको पहिलो बच्चा ११ वर्षका छन्। उनी जन्मिदा ४ किलो १ सय ग्रामका थिए। दोस्रो बच्चा ४ किलो ९ सय ग्रामको जन्मिए। अघिल्ला दुवै बच्चा अपरेशन नगरी जन्मिएका थिए। श्रीमतीलाई लिएर स्वास्थ्य जाँचका लागि हेटौंडा अस्पताल पुगेका श्रीमान लालबहादुर डिम्डुङले उक्त अस्पतालले भरतपुर रिफर गरेको बताए।

प्रतिक्रिया दिनुहोस्