लामो दुरीका सवारी र हवाई उडाउन भदौं १५ पछि मात्रै खोल्ने सरकारको निर्णय

काठमाडौं, साउन २६ : को’रोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएपछि सरकारले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १५ गतेपछि मात्रै खोल्ने निर्णय गरेको छ। आज (सोमबार) बसेको मन्त्रि परिषदको बसेको बैठकले १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो ।

यसअघि कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले १५ सम्म नखोल्न सरकारलाई सिफारिस गरेको थियो । दिन प्रति दिन समुदाय स्तरमा को’रोना सं’क्रमण बढ्दै गएकाले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

गत ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो । यस्तै सरकारले भारतबाट आउने नेपाली हरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारेको छ भने अन्यत्रबाट आउनेहरुलाई पूर्ण रुपमा निशेष गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्