यस्तो छ आजको मौसम पूर्वानुमान !

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महा शाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गरेको छ । महा शाखाका अनुसार मनसुनी न्यू’न चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहेको छ ।

मनसुनी न्यून चापीष् रेखा नेपालको पश्चिम क्षेत्र नजिक रहेकाले हाल देशका अधिकांश भूभागहरुमा समान्यदेखि पूर्णबदली रहेको र सबै प्रदेशहरुका थोरै स्थानहरुमा हल्का बर्षा स्थानहरुमा भइरहेको पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी, मंगलबार दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भने, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । यस्तै, राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । र, प्रदेश १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश, र प्रदेश नं ५ थोरै स्थानमा भारी वर्षाको समेत हुनसक्ने पूर्वानुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्