को’रोना न्युनिकरण गर्न करणले अनामनगरमा बनाए स्यानिटाईजर बुथ

काठमाडौं । फिल्म निर्माता, वितरक तथा कलाकार करण श्रेष्ठ ‘क्रेजी’ले अनामनगरस्थित सिंहदरबारको पूर्वी गेट अगाडि सार्वजनिक स्यानिटाईजर बुथको स्थापना गरेका छन् । पछिल्लो समय देशभर को’रोनाको जोखिम बढेको भन्दै उनले अनामनगरमा अवातजावत गर्नेका सर्वसाधरणका लागि पूर्वी गेट अगाडि स्यानिटाईजर बुथको स्थापना गरेका हुन् ।

जागौं युवा अभियानका अध्यक्ष समेत रहेका श्रेष्ठको स्यानिटाईजर बुथको उद्घाटन कलाकार दीपकराज गिरी, अनामनगर प्रहरी बृत्तका डिएसपी हरिबहादुर बस्नेत, गुण सिनेमा प्रालिका सञ्चालक महेशप्रसाद किजुलगायतले मंगलबार उद्घाटन गरेका छन। जागौँ युवा अभियानद्वारा करणले अनामनगरमा वृक्षारोपन, को’रोना भाइरसको जोखिम मास्क वितरण तथा जनचेतना फैल्याउने काम समेत गरिरहेका छन् ।

कलाकार दीपकराज गिरीले करणले झै टोलटोलमा स्यानिटाईजर बुथका स्थापना र जनचेतना कार्यक्रम आवश्यक रहेको बताए । उनले करणको कामबाट धेरै सिक्नु पर्ने धारणा समेत राखेका थिए । ‘को’रोनाको जो’खिम न्युनिकरण गर्न देशभर सार्वजनिक स्थानमा यस्तै किसिमको स्यानिटाईजर बुथका स्थापना गर्नुपर्छ’ निर्माता श्रेष्ठले भने– ‘हामीले आफ्नो निवास र कार्यस्थल र टोलटोलमा यस्ता स्यानि टाईजर बुथको स्थापना गर्न सक्यौ भने कोरोना वि’रुद्धको लडाई अभियानमा सहयोग पुग्छ ।’ ‘यस्ता काममा युवालाई प्रेरित गर्नुपर्छ’ उनले थपे ।

प्रतिक्रिया दिनुहोस्