बालुवाटारमा रात्रि भोजको ‘ह्वीप’, लेखनाथ लेख्छन् : घरकै भुटेको मकै र कालो चिया मिठो !

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठक सकिए लगत्तै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले आइतबार साँझ बालुवाटारमा रात्रि भोजका लागि निम्ता पठाए । प्रायःसबै केन्द्रीय सदस्य रात्रिभोजका लागि बालुवा टार पुगेका बेला केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले भने सामाजिक सञ्जालमा ‘घरकै भुटेको मकै र कालो चिया मिठो !’ लेखेका छन्।

उनले बालुवाटारको भोजमाथि व्यङ्गगर्दै यस्तो लेखेको सहजै अनुमान गर्न सकिन्छ। उनले बालुवाटार रात्रिभोज वि’रुद्ध यस्तो लेखेको भन्दै धेरैले उनको स्टाटसमाथि सकारात्मक प्रतिक्रिया दिएका छन्। कतिपयले भने पदमा नपुगेकाले न्यौपाने कम्युनिस्ट नै रहेको प्रति क्रिया दिएका छन्। प्रधानमन्त्री ओलीले आइतबार चार सय ४५ केन्द्रीय सदस्यलाई बालुवाटारमा रात्रिभोजको निम्तो पठाएका थिए।

सबैलाई अनिवार्य उपस्थित हुन मोबाइलमा म्यासेज आएको हो। एक केन्द्रीय सदस्यका अनुसार म्यासेजमा लेखिएको छ, ‘२०७६/१०/१९ गते साँझ ६ बजे पिएम निवास बालुवाटारमा रात्रिभोज आयोजना गरिने भएको हुँदा उपस्थितिका लागि अनुरोध गरिन्छ। ह्वीप । सीपीएन।’ प्रधानमन्त्री कार्यालयबाट ह्वीप आएपछि लेखनाथले यस्तो प्रतिक्रिया दिएका हुन्। केन्द्रीय समिति बैठक सकिएपछि ओलीले रात्रिभोजमा निम्ता दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्